Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ललिता निवास प्रकरणमा माधव नेपालमाथि छानबिन गर्ने बाटो खोलिनु सामान्य हो : जगन्नाथ खतिवडा

ललिता निवास प्रकरणमा माधव नेपालमाथि छानबिन गर्ने बाटो खोलिनु सामान्य हो : जगन्नाथ खतिवडा

  • सोमवार, श्रावण २२ २०८०

  • 762
    SHARES

  • ललिता निवास प्रकरणमा माधव नेपालमाथि छानबिन गर्ने बाटो खोलिनु सामान्य हो : जगन्नाथ खतिवडा

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले ललिता निवास प्रकरणमा पार्टी अध्यक्ष माधव नेपालमाथि छानबिन गर्ने बाटो खोलिनुलाई सामान्य रुपमा लिएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता समेत रहनुभएका खतिवडाले कसैले मुद्दा हाले अदालतले केही न केही बोल्नैपर्ने भएर बोलेकाले यो अनौठो र अत्तालिने विषय नभएको स्पष्ट पार्नुभयो ।

    कसैमाथि प्रश्न उठेपछि सत्य, तथ्य र नियतको जाँच गर्ने कुरा स्वाभाविक भएकाले पनि यसमा चिन्ता गर्ने केहि कारण नभएको उहाँको तर्क छ ।
    यस्तै नेपालले पनि बारम्बार आफूमाथि छानबिन वा अनुसन्धान गर्न जोड दिनुभएको पनि नेता खतिवडाले बताउनुभयो ।

    यस्तै नेपालले कसैलाई लाभ दिने र राज्यको सम्पत्ति हिनामिना गर्ने नियतवश कुनै काम नगरेको खतिवडाको दाबी रहेको छ ।

    यस्तै अर्को सुन तस्करी प्रकरणमा नेता खतिवडाले उच्चस्तरीय छानबिन समिति आजको आवश्यकता हो भन्ने महसुस नगरेको र सरकारले गरेको छानबिनलाई नै निरन्तरता दिनुपर्ने कुरामा जोड दिनुभएको छ ।


    सोमवार, श्रावण २२ २०८००८:५७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij