Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्राकृतिक श्रोतको संरक्षण र परिचालन स्थानीय सरकारले गर्न पाउनु पर्ने माग

प्राकृतिक श्रोतको संरक्षण र परिचालन स्थानीय सरकारले गर्न पाउनु पर्ने माग

  • बुधवार, श्रावण २४ २०८०

  • 493
    SHARES

  • प्राकृतिक श्रोतको संरक्षण र परिचालन स्थानीय सरकारले गर्न पाउनु पर्ने माग
    काठमाडौं । प्राकृतिक श्रोत साधनको संरक्षण, परिचालन र प्रयोग स्थानीय सरकारले गर्न पाउनु पर्ने माग उठेको छ । स्थानीय सरकारबाट मात्रै स्थानीय प्राकृतिक श्रोत साधनको सदुपयोग र संरक्षण हुन सक्ने स्थानीय जनप्रतिनिधिहरूको दाबी छ ।

    स्थानीय सरकारले प्राकृतिक श्रोतको संरक्षण गर्दै आम्दानी र रोजगारी सृजना गर्न सक्ने कास्कीको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाको भनाई छ । नेपाली रेडियो नेटवर्कको पालिका बहसमा बोल्दै उहाँले प्राकृतिक श्रोतको अवस्था, उपयोगिता र आवश्यकता स्थानीय बासिन्दालाई नै थाहा हुने भएकाले त्यसको अधिकार पनि उनीहरूलाई नै हुनुपर्ने तर्क गर्नुभयो । 

    प्राकृतिक श्रोत आफैमा पनि स्थानीय जनताको नैसर्गिक अधिकार हो भन्ने अन्तर्राष्ट्रिय मान्यता रहेको उहाँले चर्चा गर्नुभयो । अध्यक्ष ओझाले आफ्नो पालिका भित्र पनि धेरै प्राकृतिक श्रोत साधन रहेको, तर उपयोग गर्न नपाउँदा खेर गइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीका लागि धेरै काम गरेको दाबी गर्दै आफ्नो पालिकामा नेपाल र बेलायतका राजकुमार सँगै हिँडेको मार्ग पनि रहेकाले विश्वभरिका पर्यटक तान्न सकिने जानकारी दिनुभयो ।

    गाउँपालिका राष्ट्रिय महासंघको गण्डकी प्रदेश अध्यक्ष समेत रहनु भएका ओझाले तीन सरकारका बीचमा समन्वय प्रभावकारी नभएकाले बजेट तथा कार्यक्रमहरूमा दोहोरोपना भएको उल्लेख गर्नुभयो । उहाँले केन्द्रीय तथा प्रदेश सरकारले योजना र बजेट पार्दा स्थानीय तहको आवश्यकता, सुझाव र समन्वयमा गर्नुपर्नेमा जोड दिनुभयो ।


    बुधवार, श्रावण २४ २०८००९:५३:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij