Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

संसदलाई अवरोध गर्नु गलत हो, जनतालाई अन्याय हुन्छ : दीपक खड्का

संसदलाई अवरोध गर्नु गलत हो, जनतालाई अन्याय हुन्छ : दीपक खड्का

  • बिहिवार, श्रावण २५ २०८०

  • 461
    SHARES

  • संसदलाई अवरोध गर्नु गलत हो, जनतालाई अन्याय हुन्छ : दीपक खड्का

    काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले संसदलाई अवरोध गर्नु गलत भएको बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खड्काले जनताका आवाज राख्ने थलो भएकाले एकपक्षीय सांसदले संसद अवरोध गर्नु गलत भएको बताउनुभएको हो ।

    संसद बन्द भइरहँदा प्रतिपक्ष र सरकारलाई राम्रो नगर्ने र जनतालाई अन्याय हुने बताउँदै नेता खड्काले विभिन्न पक्षमा देखिएका असहमति गुनासारुलाई संसदमै छलफल गरेर निकास निकाल्नुपर्ने कुरामा जोड दिनुभयो । यस्तै उहाँले राज्यका संयन्त्रले गरेका काम चित्तबुझ्दो नभए मात्र उच्तस्तरीय छानबिन समिति बनाउन सकिने बताउनुभयो ।

    सुन प्रकरणमा उच्च स्तरीय छानविन समिति गठनको माग राख्दै नेकपा एमालेले लगातार संसद बैठक अवरुद्ध गर्दै आइरहेको छ । जबसम्म उच्च स्तरीय छानविन समिति गठन गर्न सरकार तयार हुँदैन तबसम्म अवरोध जारी रहने एमालेले चेतावनी दिएको छ ।

    अर्को प्रसंगमा उहाँले पार्टीका नेताले नेतृत्वको आकांक्षा राख्नु स्वाभाविक भए पनि त्यसका निम्ति अर्को महाधिवेशनसम्म धैर्य राख्न सक्नुपर्ने स्पष्ट पार्नुभएको छ ।

    तत्काल सरकार ढलिहाल्ने अवस्था नआउने बताउँदै नेता खड्काले, गौर घटनालाई कहिले राजनीतिक मुद्दा भन्ने कहिले हत्याकाण्ड भनेर मुलुकलाई अस्थिरतातिर धकेल्न लागिएको हो कि न्याय दिन लागिएको हो भनेर उहाँले प्रश्न समेत गर्नुभएको छ ।


    बिहिवार, श्रावण २५ २०८००९:१९:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij