Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

छिन्नमस्तामा पार्टीका पार्टीदेखि टोलबाटै सेवा सम्मका नयाँ नयाँ अभ्यास, २६ बर्षे युवा अध्यक्षको समन्वयकारी भूमिका

छिन्नमस्तामा पार्टीका पार्टीदेखि टोलबाटै सेवा सम्मका नयाँ नयाँ अभ्यास, २६ बर्षे युवा अध्यक्षको समन्वयकारी भूमिका

  • शुक्रवार, श्रावण २६ २०८०

  • 347
    SHARES

  • छिन्नमस्तामा पार्टीका पार्टीदेखि टोलबाटै सेवा सम्मका नयाँ नयाँ अभ्यास, २६ बर्षे युवा अध्यक्षको समन्वयकारी भूमिका

    काठमाडौं । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा पालीका पार्टीको अभ्यास गरिएको छ । पालिकामा निर्वाचित सबै पार्टीका जनप्रतिनिधिहरुले पालिका पार्टी गठन गरी पार्टी केन्द्रीतभन्दा पालिका केन्द्रीत भूमिका खेल्ने अठोट गरेका हुन् ।

    पालिका पार्टी गठन गरेपछि पालीकाका सबै निर्णय सर्वसम्मत गरिएको सबैको प्राथमिकता पालिका नै भएको गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिनुभयो । गाउँपालिकामा अध्यक्ष चौधरी एक्लै लोकतान्त्रीक समाजवादी पार्टीबाट निर्वाचित हुनुभएको हो भने अन्य पदाधिकारीहरु अन्य पार्टीबाट निर्वाचित भएका छन् ।

    उहाँले फरक फरक पार्टीबाट निर्वाचित भएपनि पालिकाको काममा सबैको पर्याप्त सहयोग र समर्थन पाएको उल्लेख गर्नुभयो । आफू उमेरले अहिले २६ बर्षको मात्रै भएपनि काममा अविश्वास र असहयोग कसैले नगरको बताउनु भयो ।

    नेपाली रेडियो नेटवर्कको पालिका वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले गाउँपालिकाका जनतालाई प्रभावकारी सेवा प्रवाहका लागि वार्डको सेवा टोल टोलमा लैजान सुरु गरिएको जानकारी दिनुभयो ।

    उहाँले पछाडि पारिएको समुदायका व्यक्तिहरु वडा तथा पालिकाको कार्यालयमा आएर सेवा लिँनेक्रममा बोल्न वा काम गर्न हिचकिच्याउने र आफ्नै टोल टोलमा सेवा दिँदा आत्मविश्वास धेरै देखिने गरेकाले टोल टोलबाटै सेवा दिन थालिएको अनुभव सुनाउनु भयो ।

    टोल टोलबाट सेवा दिन जाँदा, नागरिकताका लागि आवश्यक सहयोगदेखि भत्ता कार्डको नविकरण, जन्मदर्ता, विवाहदर्ता लगायतका दर्जनौ सेवा दिने गरिएको उहाँको भनाई छ ।

    उहाँले गाउँपालिकामा भौतिक निर्माणदेखि जनसेवासम्मका कामलाई कानुन अनुसार र प्रभावकारी बनाउनेगरी काम गरिरहेको उल्लेख गर्नुभयो


    शुक्रवार, श्रावण २६ २०८००८:१२:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij