Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

शेरबहादुर तामाङको प्रश्न–सरकार उच्च स्तरीय छानविन समिति बनाउन किन डराइरहेको छ ?

शेरबहादुर तामाङको प्रश्न–सरकार उच्च स्तरीय छानविन समिति बनाउन किन डराइरहेको छ ?

  • शनिवार, श्रावण २७ २०८०

  • 441
    SHARES

  • शेरबहादुर तामाङको प्रश्न–सरकार उच्च स्तरीय छानविन समिति बनाउन किन डराइरहेको छ ?

    काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले एमालेले संसद अवरोध गरेको आरोप लागेको बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका तामाङले देशको विकृती र भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै चासो नदेखाएकाले संसद अवरोध भइरहेको दाबी गर्नुभयो ।

    सरकारले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समीति नबनाएसम्म अवरोध जारी रहने उहाँको भनाइ छ ।

    सरकारकै मातहतमा हुने भएकाले राजश्व अनुसन्धान विभाग र सिआइबीले गरेको अनुसन्धान पनि प्रभावित हुने स्पष्ट भएकाले छानविन समीति बनाउनैपर्ने अडानमा आफूहरु यथावत नै रहेको नेता तामाङले स्पष्ट पार्नुभयो ।

    उच्च स्तरीय राजनीतिक संरक्षणबिना यति ठुलो तस्कर कुनै पनि हालतमा नहुने भएकाले सुन प्रकरणमा राजनीतिक संलग्नता रहेको देखिएको प्रष्ट हुने तामाङको आरोप रहेको छ ।

    नेता तामाङले सरकारले भाषणमा बोले जस्तै भ्रष्टचार अन्त्य गर्दै चाहन्छ भने उच्च स्तरीय छानविन समिति बनाउन किन डराइरहेको भन्दै प्रश्न समेत गर्नुभयो । दुई चार जनालाई देखाएर जेल हाल्दिएर उम्किन खोजेको सरकारलाई उम्किन नदिने बताउँदै उच्च स्तरीय छानविन समितिको आवश्यकता छ र बनाउनैपर्ने कुरामा अडान लिनुभयो ।

    सुन प्रकरणमा उच्च स्तरीय छानविन समिति गठनको माग राख्दै नेकपा एमालेले यहि साउन १० गतेदेखि संसद बैठक लगातार अवरुद्ध गर्दै आइरहेको छ । जबसम्म उच्च स्तरीय छानविन समिति गठन गर्न सरकार तयार हुँदैन तबसम्म अवरोध जारी रहने एमालेले चेतावनी दिएको छ ।


    शनिवार, श्रावण २७ २०८००९:३२:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij