Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

स्कूल पढ्दा झगडा भएको निहुँ झिकेर गृहमन्त्रीले साथीलाई जेल हाल्न सक्छन् : ओली

स्कूल पढ्दा झगडा भएको निहुँ झिकेर गृहमन्त्रीले साथीलाई जेल हाल्न सक्छन् : ओली

  • शनिवार, श्रावण २७ २०८०

  • 548
    SHARES

  • स्कूल पढ्दा झगडा भएको निहुँ झिकेर गृहमन्त्रीले साथीलाई जेल हाल्न सक्छन् : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पाकिस्तानी मोडेलको राजनीति शुरु गरेको भन्दै यसको अन्त्य यहाँ नहुने टिप्पणी गर्नुभएको छ ।

    गुरु प्रसाद लुइँटेल अध्ययन तथा विकास केन्द्रले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेस सांसद सुनिल शर्माको गिरफ्तारी पाकिस्तानी मोडेलको राजनीतिको पछिल्लो रूप देखिएको बताउनुभयो ।

    ओलीले भन्नुभयो, ‘सुनिल शर्माले के गरेका थिए ? सुन तस्करीको उच्चस्तरीय छानबिन होस, गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्छ भन्दा हतकडी लिएर उनको घरमा पठाइयो । यो के हो भने, हाम्रो विरोधमा कोही बोल्छ भने सुनिल शर्मा बनाउँछौ भनेको हो ।

    स्कुल पढ्दा साथीको चिट चोरेको, प्रमाणपत्र केरमेट भएको जस्ता कुरा समेत उठाएर विरोधीलाई ठेगान लगाउने खेल शुरु भएको उहाँले बताउनुभयो ।

     


    शनिवार, श्रावण २७ २०८००४:४५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij