Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गृहमन्त्रीमाथि रामहरिको टिप्पणी, छोरी कुटेर बुहारी तर्साउने ?

गृहमन्त्रीमाथि रामहरिको टिप्पणी, छोरी कुटेर बुहारी तर्साउने ?

  • आइतवार, श्रावण २८ २०८०

  • 1.0K
    SHARES

  • गृहमन्त्रीमाथि रामहरिको टिप्पणी, छोरी कुटेर बुहारी तर्साउने ?

    काठमाडौं । नेपाली कांग्रेसको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि प्रश्न उठेको छ ।

    पार्टीको संसदीय दलको बैठकमा आफ्नो धारणा राख्ने क्रममा सांसद रामहरि खतिवडाले गृहमन्त्रीले छोरी कुटेर बुहारी तर्साउन खोजेको आरोप लगाउनुभयो ।

    उहाँले भन्नुभयो, ‘अहिले गृहमन्त्रीको पारा भएन। हामी पनि सरकारमै छौं। तर पनि हामीलाई तर्साउन खोज्दैछन् ।’

    सुन प्रकरणमा आवाज रोक्नका लागि पार्टीका सांसद सुनिल शर्मालाई पक्राउ गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘गृहमन्त्रीले पहिला कुरा सुनेर पक्राउ गर्नुपर्ने तर, उहाँले बोली बन्द गराउन थुन्न लाग्नुभयो ।’

    सुशासनको कुरा गर्ने माओवादी लुम्बिनी विकास कोषको उपाध्यक्ष डा. ल्हारक्याल लामा नियुक्तिको विषयमा पनि प्रश्न उठाउनुभयो ।

    मायादेवी मन्दिर पुनः निर्माणका लागि ७ करोड दान दिने भनिएको पैसा कहाँबाट आयो भन्दै छानबिन गर्नुपर्ने बताउनुभयो ।


    आइतवार, श्रावण २८ २०८००२:१४:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij