Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिन कांग्रेसमा दबाब

प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिन कांग्रेसमा दबाब

  • आइतवार, श्रावण २८ २०८०

  • 1.9K
    SHARES

  • प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिन कांग्रेसमा दबाब

    काठमाडौं । नेपाली कांग्रेसको बैठकमा सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने प्रस्ताव भएको छ । सरकारले सुन प्रकरणको छानिबनमा आलटाल गरेको भन्दै जारी संसदीय दलको बैठकमा सांसद प्रदीप पौडेलले पार्टीले उच्चस्तरीय छानबिन समितिको कुरा उठाउनुपर्ने बताउनुभएको छ ।

    छानबिन समितिको लागि तयार नभए प्रचण्डमाथिको समर्थन फिर्ता लिनुपर्ने उहाँको सुझाव थियो ।

    पौडेलले भन्नुभयो, ‘प्रधानमन्त्री र गृहमन्त्री छानबिनका समिति गठन गर्न तयार हुनुहुन्न । यो देख्दा उच्च तहसम्म संलग्नता भएको देखिन्छ । अब छानबिन समितिको प्रस्ताव कांग्रेसले नै गर्नुपर्छ । यदी उहाँहरू तयार भएर प्रचण्ड नेतृत्वको सरकारमाथि दिएको समर्थन फिर्ता लिनुपर्छ ।

    पछिल्लो समय प्रधानमन्त्री र गृहमन्त्रीको कदमप्रति कांग्रेस नेताहरू सन्तुष्ट हुन सकेको छैनन् । पौडेलले कांग्रेसका नेतालाई पक्राउ गरेर प्रधानमन्त्री र गृहमन्त्रीले प्रतिशोध साँधेको भन्दै आलोचना गर्नुभयो ।

     


    आइतवार, श्रावण २८ २०८००४:२५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij