Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारतले आज ७७औँ स्वतन्त्रता दिवस मनाउँदै

भारतले आज ७७औँ स्वतन्त्रता दिवस मनाउँदै

  • मंगलवार, श्रावण ३० २०८०

  • 678
    SHARES

  • भारतले आज ७७औँ स्वतन्त्रता दिवस मनाउँदै

    एजेन्सी । आज अगष्ट १५ अर्थात् भारतको स्वतन्त्रता दिवस। भारतले आज ७७औँ स्वतन्त्रता दिवस मनाउँदैछ।

    भारत सन् १९४७ मा अंग्रेज शासनबाट मुक्त भएको थियो। त्यसपछि नै आधुनिक भारतले स्वतन्त्र राष्ट्रका रूपमा काम गर्न थालेको हो। भारत स्वतन्त्र भएको ७६ वर्ष पूरा भएर ७७ वर्ष लागेको हो।

    यो अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्ने कार्यक्रम छ। सन् २०१४ मा सत्तामा आएका मोदीको स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लामा हुने सम्बोधन यसपालि १०औँ हो।

    स्वतन्त्रता दिवसको कार्यक्रमका लागि सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    अंग्रेजको शासनबाट मुक्त भएसँगै भारतबाट छुट्टिएको पाकिस्तानले भने अगष्ट १४ मा स्वतन्त्रता दिवस मनाउँछ।


    मंगलवार, श्रावण ३० २०८००७:१९:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij