Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

संसद अवरोध एमालेले नभई सत्तापक्षले नै गराइरहेको छ : पदम गिरी

संसद अवरोध एमालेले नभई सत्तापक्षले नै गराइरहेको छ : पदम गिरी

  • मंगलवार, श्रावण ३० २०८०

  • 565
    SHARES

  • संसद अवरोध एमालेले नभई सत्तापक्षले नै गराइरहेको छ : पदम गिरी

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संसद अवरोध एमालेले नभएर सत्तापक्षले गराएको बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गिरीले बाहिरबाट हेर्दा एमालेले गरेको देखिए पनि यथार्तमा संसदलाई बन्धक बनाउने सत्तापक्षको हर्कत मूख्य भएको दाबी गर्नुभयो ।

    देशमा भइरहेको व्यापक भ्रष्टाचार र बेथितीविरुद्ध आफूहरु उभिएको बताउँदै नेत गिरीले उच्चस्तरीय छानविन समीति बनाउन सरकार किन तयार नभएको भन्दै आपत्ती जनाउनुभएको छ । माओवादी नेता तथा पूर्वसभामुख कृष्ण बहादुर महराका बाबुछोरालाई उन्मुक्ति दिने सरकारबाट भ्रष्टाचार र तस्करी नियन्त्रण नहुने नेता गिरीले बताउनुभयो ।

    उच्च स्तरीय छानविन समीति बनाउँदा सत्तापक्षका सांसदलाई आफ्नै हातमा हतकडी लाग्ने जस्तै गरेर डराइरहेको आरोप लगाउँदै नेत गिरीले बरु देश बर्बाद भए होस तर हामी समीति बनाउन तयार छैनौ भन्ने ठाउँमा सरकार उभिन्छ भने अवरोध गर्नुको विकल्प नभएको स्प्ष्ट पार्नुभएको छ । सत्तारूढ गठबन्धनले भने सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग नबनाउने निर्णय गरेको छ ।

    हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले एमालेले उच्चस्तरीय छानबिन समितिको माग गरेको र उच्चस्तरीय आयोगको माग गर्नु अहिले भइरहेको अनुसन्धानमा अवरोध पु¥याउनु भएको गठबन्धनको ठहर रहेको छ तर एमालेले भने उच्चस्तरीय छानबिन समितिको माग गर्दै यहि साउन १० गतेदेखि लगातार संसदका दुवै बैठक अवरोध गर्दै आइरहेको छ ।

    जबसम्म उच्च स्तरीय छानविन समिति गठन गर्न सरकार तयार हुँदैन तबसम्म अवरोध जारी रहने एमालेले चेतावनी दिएको छ ।


    मंगलवार, श्रावण ३० २०८००८:४१:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij