Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउन तयार नहुनु नै गडबडीको संकेत : धवलशमशेर राणा

उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउन तयार नहुनु नै गडबडीको संकेत : धवलशमशेर राणा

  • बिहिवार, श्रावण ३२ २०८०

  • 608
    SHARES

  • उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउन तयार नहुनु नै गडबडीको संकेत : धवलशमशेर राणा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले उच्चस्तरीय न्यायिक छानबिन समिति बनाएर संसद् खोल्नुपर्ने बताउनुभएको छ ।

    उच्चस्तरीय संलग्नताबिना सुन तस्करी काण्ड हुनै नसक्ने बताउँदै एमाले वा राष्ट्रिय स्वतन्त्र पार्टीले के भन्छ भन्दा पनि सही कुरालाई समर्थन गर्नुपर्ने भएकाले उच्चस्तरीय न्यायिक छानबिन समिति बनाएर संसद् खोल्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।

    यस्तै महामन्त्री राणाले उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउन तयार नहुनु नै गडबडीको संकेत भएको पनि दाबी गर्नुभयो । यति धेरै दिनसम्म पनि न्यायिक समिति नबनाउनु आफ्नै मान्छे र आफैं फसिएला भनेर हो की भन्ने प्रश्न गर्दै उहाँले यदि त्यसो नभए उच्चस्तरीय न्यायिक समिति बनाउन किन आपत्ति भन्दै प्रश्न दोहो¥याउनुभयो ।

    सीआईबीलाई सरकारले नै चलाउने भएकाले उसले स्वतन्त्र छानबिन गर्न नसक्ने तर्क गर्दै उहाँले संसद् चल्नुपर्ने तर यसमा विपक्षको कुरा सुन्न सरकार तयार हुनुपर्ने कुरामा जोड दिनुभयो ।

    यस्तै अर्को फरक प्रसंगमा उहाँले कोसी प्रदेशमा राप्रपाले सभामुख पद नलिने स्पष्ट पार्नुभयो । अहिले आफूहरु सरकार बाहिरै बस्ने योजनामा रहेकाले कुनै पनि फोहोरी खेलमा संलग्न नहुने बताउनुभयो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध गुट खडा नभएको पनि उहाँको दाबी छ ।


    बिहिवार, श्रावण ३२ २०८००८:५३:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij