Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सत्ता जोगाउन जघन्य अपराध गरेकालाई राष्ट्रपतिबाट माफी मिनाहा गराउनु झन् ठूलो जघन्य अपराध : चित्रबहादुर केसी

सत्ता जोगाउन जघन्य अपराध गरेकालाई राष्ट्रपतिबाट माफी मिनाहा गराउनु झन् ठूलो जघन्य अपराध : चित्रबहादुर केसी

  • शुक्रवार, भाद्र १ २०८०

  • 384
    SHARES

  • सत्ता जोगाउन जघन्य अपराध गरेकालाई राष्ट्रपतिबाट माफी मिनाहा गराउनु झन् ठूलो जघन्य अपराध  : चित्रबहादुर केसी

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता जोगाउन जघन्य अपराध गरेका मान्छेलाई राष्ट्रपतिबाट माफी मिनाहा गराउनु झन् ठूलो जघन्य अपराध भएको बताउनुभएको छ ।

    टीकापुर हत्याकाण्डका मुख्य दोषी रेशम चौधरीबारेको फैसलाको पूर्णपाठ हिजो सार्वजनिक भएको छ ।

    यहि प्रसंगमा नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले अदालतको फैसला आउनुअगाडिनै माफी मिनाहा गराउनु संवैधानिक र मानवअधिकारका दृष्टिले उपयुक्त नहुँदानहुँदै सत्ता र सम्पत्तिको पछि लागेर नेपालका शासकहरु नैतिकतासँग डराउनै छाडेको आरोप लगाउनुभयो ।

    यस्तै अर्को फरसक प्रसंगमा नेता केसीले उच्चस्तरीय न्यायिक छानबिन आयोगको माग गरेर संसद् अवरोध गरिरहेको एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा रहँदा विगतमा आयोगले दिएको प्रतिवेदन कति कार्यान्वयन भयो भनेर प्रश्न समेत गर्नुभएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका केहि फाइल खोलेको भए पनि प्रचण्डलाई गम्भीर अप्ठ्यारो भएको नेता केसीको भनाइ छ ।
    माओवादी पार्टीभित्रै भ्रष्टाचारी रहेको र प्रचण्डकै सहयात्रीहरु नै भ्रष्टाचारी भएकाले केहीलाई जोगाउन खोजे पनि अहिलेसम्म खुलेका फाइललाई सुरुवात सकारात्मक नै मान्नुपर्ने नेता केसीले टिप्पणी गर्नुभयो ।

    यस्तै संघीयताका नाममा नेपाली जनताको रगत र पसिनामा पौडी खेल्ने काम भएको नेता केसीको आरोप छ ।


    शुक्रवार, भाद्र १ २०८००८:४३:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij