Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुर्खेतको विरेन्द्रनगरमा फोहोरबाट ग्याँस निकालिँदै, महिला केन्द्रीत धेरै कार्यक्रम

सुर्खेतको विरेन्द्रनगरमा फोहोरबाट ग्याँस निकालिँदै, महिला केन्द्रीत धेरै कार्यक्रम

  • शनिवार, भाद्र २ २०८०

  • 1.5K
    SHARES

  • सुर्खेतको विरेन्द्रनगरमा फोहोरबाट ग्याँस निकालिँदै, महिला केन्द्रीत धेरै कार्यक्रम

    काठमाडौँ । सुर्खेतको विरेन्द्रनगर नगरपालिकामा वहुप्रतिक्षित भेरी पम्पिङ खानेपानी आयोजना निर्माण हुने सुनिश्चत भएको छ । आयोजना निर्माणका लागि नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भई अव केही दिनमा टेन्डर प्रकाशित गर्ने तयारी भइरहेको नगरपालिकाकी प्रमुख मोहनमाया ढकाल भण्डारीले जानकारी दिनुभयो ।

    नेपाली रेडियो नेटवर्कको पालिका वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले विरेन्द्रनगरवासीको एउटा महत्वपुर्ण सपना पुरा हुने निश्चित भएको बताउनु भयो । “हामी निर्वाचित भएको चार महिनापछि सम्झौता गराएका हौँ, तर सम्झौता गरिरहँदा पनि यो आयोजना बन्छ की बन्दैन, सपनामै सिमित हुने हो की भन्ने आशंका थियो, अव केही दिनमा टेन्टर प्रकाशित हुने निश्चित भएकाले अव आयोजना बन्ने निश्चत भयो, यो नगरावासीका लागि निकै ठूलो खुशीको खवर हो,” उहाँले भन्नुभयो ।

    उहाँका अनुसार तीन बर्षमा आयोजना सम्पन्न गर्नेगरी सम्झौता भएको छ । नगरप्रमुख भण्डारीले प्रदेश राजधानीको अनुभूती दिलाउने गरी विरेन्द्रनगरको व्यवस्थीत सहरीकरणको काम भइरहेको जानकारी दिनुभयो । सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउने, ल्याण्डफिल्ड साईडमा फोहोर व्यवस्थापन गर्ने, फोहोरबाट ग्यास निकाल्ने कामहरु भइरहेको पनि उहाँको भनाई छ ।

    मेयरको रुपमा पहिलो निर्णय गरेर निःशुल्क स्वास्थ्य विमा गराइएको पनि उहाँले बताउनु भयो । अघिल्लो कार्यकालमा उपप्रमुख भई अहिले नगरप्रमुख हुनुभएकी भण्डारीले महिला केन्द्रीत कार्यक्रमहरु पनि धेरै गरिरहेको जानकारी दिनुभयो ।

    उहाँका अनुसार नगरपालिकाले महिला र बालबालिकाका लागि छुट्टै अस्पताल निर्माण गर्दैछ भने सबै वडाबाट निःशुल्क सेनिटरी प्याड वितरण, गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा र निःशुल्क भिडियो एक्सरे, लैङ्गीक कोष स्थापना, मेयरसँग महिला किसान कार्यक्रम, एक घर—एक महिला स्वरोजगार कार्यक्रम सञ्चालन गरेर एक बर्षमा एक हजार जनालाई सीपमुलक तालिम दिएको छ ।

    त्यसैगरी चोक सुधार कार्यक्रम, हरियाली शहर, चक्रपथ, बैकल्पिक बसपार्क लगायतका दर्जनौ योजनाहरु समानान्तर रुपमा तिव्र गतिले अगाडि बढीरहेको पनि उहाँले जानकारी दिनुभयो । मेयर भण्डारीले स्थानीय सरकारलाई प्रदेश र संघीय सरकारबाट सहकार्य र सहअस्तित्वका लागि पर्याप्त सहयोग नभएको अनुभव पनि सुनाउनु भयो ।

    विकासका विषयमा समन्वय नहुँदा योजना तथा कार्यक्रमहरुको सन्तुलन नमिलेको बताउदै उहाँले बेरुजु सम्वन्धी मापदण्ड र प्रक्रिया अव्यवहारिक भएकाले बेरुजु धेरै देखिने गरेको तर्क गर्नुभयो ।


    शनिवार, भाद्र २ २०८००९:१२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij