Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका दुई एसएसपीको सरुवा

शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका दुई एसएसपीको सरुवा

 काठमाडौंमा खत्री, अपराध अनुसन्धानमा राठौर
  • सोमवार, भाद्र ४ २०८०

  • 1.6K
    SHARES

  • शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका दुई एसएसपीको सरुवा
    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख फेरिएका छन् ।
     
    गृह मन्त्रालयले सोमबार(आज) काठमाडौं प्रहरी परिसरका वरिष्ठ उपरीक्षक एसएसपी दानबहादुर कार्की र अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीलाई सरुवा गरेको हो ।
     
    प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एसएसपी कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी)को सचिवालय सरुवा गरिएको छ । त्यहाँ कार्यरत एसएसपी भूपेन्द्र खत्रीलाई काठमाडौं प्रहरीको जिम्मेवारी दिएको छ ।
     
    अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीलाई प्रहरी प्रधान कार्यालय तानेर उनको ठाउँमा एसएसपी सोमेन्द्र सिंह राठौरलाई पठाइएको छ । त्यस्तै, अर्का एसएसपी सानुराम भट्टराईलाई सुरक्षा परिषद् सरुवा गरिएको छ ।


    सोमवार, भाद्र ४ २०८००५:५५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij