Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु देश र जनतामाथिको धोका : डा. सुन्दरमणि दीक्षित

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु देश र जनतामाथिको धोका : डा. सुन्दरमणि दीक्षित

  • शुक्रवार, भाद्र ८ २०८०

  • 776
    SHARES

  • सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु देश र जनतामाथिको धोका : डा. सुन्दरमणि दीक्षित

    काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले सुन तस्करीमा उच्चस्तरीय छानबिन समिति बनाउनु देश र जनतामाथिको धोका भएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै दीक्षितले उच्चस्तरीय भन्नु नै धोकामाथि धोका भएको तर्क गर्नुभयो ।

    चार–पाँच जना पूर्व प्रधानमन्त्री भ्रष्टाचारमा मुछिएको र प्रधानमन्त्रीको स्तरमा पुगेको व्यक्ति नै भ्रष्टाचारी भएपछि देश चौपट हुने भएकाले अब कस्लाई विश्वास गर्नु भन्दै उहाँले प्रश्न समेत गर्नुभएको छ ।

    यस्तै उहाँले संसद्को चौथो र पाँचौ दल रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारको विरोध गर्छन् भनेर एमालेले नचाहिने माग राखेर संसद् अवरोध गरेको पनि आरोप लगाउनुभयो । 

    यस्तै दीक्षितले सुनकाण्डमा कृष्णबहादुर महराका बाबुछोरालाई समात्दै नसमातेको र ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईको घरमै बयान लिएर साक्षी बनाइदिएको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महाका भ्रष्टाचारी भएको डाक्टर दीक्षितको आरोप छ ।


    शुक्रवार, भाद्र ८ २०८००८:५०:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij