Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सल्यानको बागचौर नगरपालिका: बाँझो जग्गा विनाको नगरपालिका

सल्यानको बागचौर नगरपालिका: बाँझो जग्गा विनाको नगरपालिका

  • शुक्रवार, भाद्र ८ २०८०

  • 3.0K
    SHARES

  • सल्यानको बागचौर नगरपालिका:  बाँझो जग्गा विनाको नगरपालिका

    काठमाडौं । देशका अधिकांश ग्रामिण क्षेत्रमा बाँझो जग्गा बढ्दै गइरहेका बेला सल्यानको बागचौरमा भने सबै जमिनमा खेतीपाती भइरहेको छ ।
    भौगोलीक हिसावले ठगिएको मानिने बागचौरका बाँझो जग्गाको समस्या नरहेको नगरपालिकाका मेयर जनकराज गौतमले जानकारी दिनुभयो ।

    नेपाली रेडियो नेटवर्कको पालिका वहसमा उहाँले भन्नुभयो, “हाम्रो नगरपालिकामा बाँझो जग्गा भन्ने नै छैन, अधिकांश जग्गामा खेतीपाती भइरहेको छ ।” अपत्यारिलो लाग्ने उहाँको जवाफलाई त्यहाँ भइरहेको सुन्तला, आलु, नर्सरी लगायतका कृषिजन्य कामले पुष्टि गरिदिएको छ ।

    उहाँका अनुसार बागचौरमा बार्षिक २५ करोड बराबरको आलु उत्पादन हुने गरेको छ भने १६ करोडको सुन्तला उत्पादन हुने गरेको छ । त्यसैगरी बागचौरका किसानहरुले गत बर्ष मात्रै ९ करोड बराबरको नर्सरीको कारोबार गरेको पनि मेयर गौतमले जानकारी दिनुभयो । nसुन्तला र आलुका लागि ख्याती कमाएको बागचौरका किसानलाई हावापानी र उर्वर भूमिले त साथ दिएको छ, तर भौगोलीक कठिनाईका कारण ढुवानी र विक्रि वितरण खर्चिलो भएको छ ।

    कृषकले उत्पादन गरेका उपज सहज रुपमा विक्रि वितरण गर्न पाए अझ धेरै कृषकहरु कृषिमा आकर्षित हुने थिए, युवाहरु बेरोजगार हुनु पर्दैनथ्यो, तर भौगोलिक हिसावले हामी ठगिएका छौँ, तैपनि कृषकहरुले दुःख सुख यति धेरै गर्नु भएको छ, त्यसमा नगरपालिकाले साथ दिएको छ, नगरप्रमुख गौतमले भन्नुभयो ।

    उहाँले गाउँको विकास निर्माणलाई सस्तो र सजिलो बनाउन नगरपालिकाले रोलर, स्काभेटर र ट्रिपर पारदर्शी प्रक्रियाबाट खरिद गरिएको पनि जानकारी दिनुभयो ।

    मेयर गौतमले विजुली, बाटो र खानेपानीका लागि धमाधम काम भइरहेको र स्वास्थ्य र शिक्षालाई गुणस्तरीय र सर्वसुलभ गराउनु नगरपालिकाको प्राथमिकतामा रहेको दावी गर्नुभयो । नेपाली काँग्रेस सल्यानका सहसचिव समेत रहनु भएका गौतमले संघीय र प्रदेश सरकारले स्थानीय सरकारहरुलाई बजेटमा कन्जुस्याई गरिरहेको अनुभव सुनाउनु भयो ।


    शुक्रवार, भाद्र ८ २०८००९:१३:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij