Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

वित्तिय र प्रशासनीक संघीयता लागू गर्न संघ सरकार नै बाधक बनेको विज्ञको दावी

वित्तिय र प्रशासनीक संघीयता लागू गर्न संघ सरकार नै बाधक बनेको विज्ञको दावी

  • शनिवार, भाद्र ९ २०८०

  • 593
    SHARES

  • वित्तिय र प्रशासनीक संघीयता लागू गर्न संघ सरकार नै बाधक बनेको विज्ञको दावी

    काठमाडौं । वित्तिय र प्रशासनीक संघीयता संघीय सरकारको गलत भूमिका कै कारण असफल हुन लागेको विज्ञहरुले आरोप लगाएका छन् । संघीय सरकारले गर्नुपर्ने काम भन्दा नगर्नु पर्ने काममा बढी ध्यान दिँदा स्थानीय संघीयता सही बाटोमा जान नपाएको र बदनाम भइरहेको स्थानिय मामिला विज्ञ कलानीधि देवकोटाको दावी छ।

    नेपाली रेडियो नेटवर्कको पालिका वहसमा उहाँले संघ र प्रदेश सरकारले पर्याप्त विश्वास नगर्दा स्थानीय सरकारले फुलफेजमा काम गर्न नपाएको तर्क गर्नुभयो । लामो समयदेखि स्थानीय मामिलामा अध्ययन, अनुसन्धान र पैरवी गर्दै आउनु भएका देवकोटाले स्थानीय सरकारको अधिकार कार्यान्वयन गराउन संघीय सरकारले जति प्राथमिकता, चासो र लगानी गर्नुपर्ने हो, त्यति नगरेको टिप्पणी पनि गर्नुभयो ।

    स्थानीय सरकारलाई विश्वास नगर्ने, संविधानमा लेखिएका अधिकार कार्यान्वयनका लागि श्रोत र कानुनी व्यवस्था नगर्ने लगायतका कारणले वित्तिय र प्रशासनीक अधिकार स्थानीय सरकारले नपाएको उहाँको भनाई थियो ।

    नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक समेत रहनु भएका देवकोटाले भन्नुभयो, “स्थानीय मामिलाका बारेमा अध्ययन र अबलोकन गर्न धेरै देश गईयो, ती देशहरुमा संघ सरकारले स्थानीय सरकारलाई विश्वास गरेका छन्, श्रोत साधन र अधिकार पनि दिएका छन्, तर नेपालमा त्यही भएन ।”

    उहाँले अधिकांश स्थानीय सरकार अधिकांश काममा अहिले नै पूर्ण रुपमा सफल भइसकेको दावी गर्दै केही असफलतालाई हेरेर सबै स्थानीय सरकारका बारेमा धरणा बनाउनु गलत हुने तर्क गर्नुभयो ।

    उहाँले स्थानीय सरकारहरुलाई बलियो, जिम्मेवार, परिपक्व र सक्षम बनाउन नगरपालिका संघले निरन्तर काम गर्दै आईरहेको जानकारी दिनुभयो ।
    स्थानीय सरकारलाई संघले दिदै आएको ससर्त अनुदान घटाउनु पर्ने र समानीकरणको बजेट बढाउनु पर्नेमा देवकोटाले जोड दिनुभयो ।


    शनिवार, भाद्र ९ २०८००८:०९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij