Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सरकारले भ्रष्टाचारका फाइल खोलेपछि ओली आतंकित भए: महेन्द्रबहादुर शाही

सरकारले भ्रष्टाचारका फाइल खोलेपछि ओली आतंकित भए: महेन्द्रबहादुर शाही

  • मंगलवार, भाद्र १२ २०८०

  • 1.2K
    SHARES

  • सरकारले भ्रष्टाचारका फाइल खोलेपछि ओली आतंकित भए: महेन्द्रबहादुर शाही

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले सरकारले भ्रष्टाचारका फाइल खोलेपछि एमाले अध्यक्ष केपी शर्मा ओली आतंकित भएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका शाहीले वर्तमान सरकारको मिसन नै भ्रष्टाचारलाई शून्यमा झार्ने रहेको बताउँदै उहाँले सरकारले वाइडबडी, गिरीबन्धु टीस्टेट लगायत सबै भ्रष्टाचार काण्डको छानबिन गर्ने दाबी गर्नुभएको छ ।

    ओलीको पछिल्लो अभिव्यक्ति सरकारले बढाएको अनुसन्धानबाट आतंकित भएको जनाउ रहेको पनि नेता शाहीको भनाइ छ । ओलीले आफ्नो पालामा भ्रष्टाचारको फाइल किन खोल्नुभएन भन्ने प्रश्न गर्दै उहाँले सत्ता टिकाउन ओलीले अपराध लुकाएर बसेको आरोप लगाउनुभयो ।

    भ्रष्टाचारमा दोषी देखिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीका नेता कार्यकर्तालाई पनि नछाड्ने नेता शाहीले दाबी गर्नुभयो ।

    कृष्णबहादुर महरा बाबुछोराका नाममा राजनीति भइरहेको तर्क गर्दै शाहीले महरा बाबुछोराको कुनै गल्ती कमजोरी नभएरै सीआईबीले अनुसन्धान नगरेको पनि स्पष्ट पार्नुभएको छ । यदि दोषी भए समातेर अनुसन्धान हुने उहाँको भनाइ छ ।


    मंगलवार, भाद्र १२ २०८०१०:१३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij