Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एमसीसी कार्यान्वयनमा जानु दूरगामी दुर्भाग्य: लीलामणि पोखरेल

एमसीसी कार्यान्वयनमा जानु दूरगामी दुर्भाग्य: लीलामणि पोखरेल

  • शुक्रवार, भाद्र १५ २०८०

  • 654
    SHARES

  • एमसीसी कार्यान्वयनमा जानु दूरगामी दुर्भाग्य: लीलामणि पोखरेल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव लीलामणि पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका बेला चीनको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएको सम्बन्धमा कुरा उठाउनुपर्ने बताउनुभएको छ ।

    नेपालको नक्सालाई चुच्चे नक्सा भन्नु उपयुक्त नभएको बताउँदै उहाँले यो नेपालको पूर्ण नक्सा रहेको दाबी समेत गर्नुभयो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले यो सुगौली सन्धिले तय गरेको नक्सा रहेकाले कुनै मुलुकले चिनेन भन्ने कुरा उठाउनुपर्नेमा जोड दिनुभयो ।

    कुनै पनि मुलुकको हस्तक्षेप र अपमान स्वीकार्य नहुँने बताउँदै नेता पोखरेलले भारत र चीनका प्रधानमन्त्रीबीचको संयुक्त वक्तव्यपछि आफ्नो पार्टीको विदेश विभागले सात वर्ष अगाडि नै चिनियाँ राजदूतलाई ज्ञापनपत्र दिएको स्मरण पनि गराउनुभयो ।

    यस्तै नेता पोखरेलले एमसीसी कार्यान्वयनमा जानु दूरगामी दुर्भाग्य हुने पनि तर्क गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले एमसीसीको विरोध गर्नु वा नगर्नु नभनेको बताउँदै उहाँले एमसीसी नेपालको अराष्ट्रिय हित अनुकूल नभएको स्पष्ट पार्नुभयो ।

    साथै नेता पोखरेलले महँगी नियन्त्रण र जनताका निम्ति सरकारले राहत प्याकेज ल्याउनुपर्ने बताउनुभएको छ ।


    शुक्रवार, भाद्र १५ २०८००८:५४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij