Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

यती होल्डिङ्स र वाइडबडीबारे तत्काल छानबिन गर्न ओलीको चुनौती

यती होल्डिङ्स र वाइडबडीबारे तत्काल छानबिन गर्न ओलीको चुनौती

  • आइतवार, भाद्र १७ २०८०

  • 538
    SHARES

  • यती होल्डिङ्स र वाइडबडीबारे तत्काल छानबिन गर्न ओलीको चुनौती

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यती होल्डिङ्सले कहाँ कहिले नेपाल ट्रष्टको जग्गा लिजमा लिएको हो भन्ने कुरा चाँडो छानबिन गर्न सरकारलाई फेरि चुनौती दिनुभएको छ ।

    एमालेको लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्न बुटवल पुगेका अध्यक्ष ओलीले यतीले कुन जग्गा कसको पालामा लिएको थियो भन्ने विवरणसमेत खुलाउँदै चाँडो छानबिन गर्न चुनौती दिनुभएको हो ।

    ओलीका अनुसार गोकर्ण फरेस्ट रिसोर्ट सुशील कोइराला प्रधानमन्त्री भएका बेला विदेशीबाट लिज ट्रान्सफर भएको बताउनुभयो । त्यस्तै दरवारमार्गको जग्गा प्रचण्ड प्रधानमन्त्री भएका बेला यतीले लिजमा पाएको र छाउनीको जग्गा शेरबहादुर देउवाको पालामा लिज सम्झौता भएको समेत ओलीले बताउनुभयो ।

    ओलीले राष्ट्रिय पूँजीपति र व्यवसायीमाथि सरकारले धावा बोल्न थालेको भन्दै तस्करीमा संलग्न सरकारले गरिव नेपालीले गरिखाएको देख्न नसकेको आरोपसमेत लगाउनुभयो । यती होल्डिङ्स सोलुखुम्बुका ल्हाक्पा सोनाम शेर्पा र स्वर्गीय आङछिरिङ शेर्पा दाजुभाइले स्थापना गरेका थिए ।

    ट्रेकिङ मजदुरबाट पर्यटन क्षेत्रमा लागेका शेर्पाले दुःख गरेर स्थापना गरेको व्यवसायमाथि भ्रष्टहरूको गलत नजर परेको भन्दै ओलीले सुन तस्करका संरक्षकले राष्ट्रिय व्यवसायीहरूलाई आतंकित बनाइरहेको बताउनुभयो ।


    आइतवार, भाद्र १७ २०८००१:५४:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij