Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मुलुकलाई ठीक ठाउँमा ल्याउन प्रधानमन्त्रीमा प्रचण्डको आवश्यकता: दिनानाथ शर्मा

मुलुकलाई ठीक ठाउँमा ल्याउन प्रधानमन्त्रीमा प्रचण्डको आवश्यकता: दिनानाथ शर्मा

‘सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्छ’
  • मंगलवार, भाद्र १९ २०८०

  • 462
    SHARES

  • मुलुकलाई ठीक ठाउँमा ल्याउन प्रधानमन्त्रीमा प्रचण्डको आवश्यकता: दिनानाथ शर्मा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव दिनानाथ शर्माले मुलुकलाई ठीक ठाउँमा ल्याउन प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डको आवश्यकता भएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व मन्त्रीसमेत रहनुभएका शर्माले भ्रष्टाचारीलाई कारबाही गर्ने, अन्यायविरुद्ध लड्ने र परिवर्तनको बाहक शक्ति माओवादी भएको बताउँदै सरकारले ६–८ महिना गरेका काम महत्त्वपूर्ण रहेको दाबी गर्नुभएको छ । केही पनि गरेन भन्ने आरोपमा आग्रहको गन्ध मिसिएको पनि नेता शर्माको भनाइ छ ।

    यसैबीच कांग्रेस सभापति शेरबहादुर देउवालाई दलाल, तस्कर र भ्रष्टाचारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटाउन दबाब दिएको हुन सक्ने आसंका ब्यक्त गर्नुभएको छ । अहिले गृहमन्त्री हटाउनुपर्ने कारण केहि पनि नरहेकाले सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने दाबी गर्नुभयो ।

    यस्तै, अर्को प्रसंगमा नेता शर्माले काठमाडौंका मेयर बालेन शाह गरिब गुरुवाभन्दा महल र ठूलाबडाको मात्र सेवामा लागेको आरोप पनि लगाउनुभएको छ ।

    बालेनमा जोस जाँगर रहेको भए पनि साइबर सेना बनाएर सरकार विरुद्ध काम गरेको बताउनुभयो छ । यस्तै बालेनको प्रतिशोध, आग्रह र अभिव्यक्तिलाई जनताले राम्रो नमानेको पनि नेता शर्माको भनाइ छ ।


    मंगलवार, भाद्र १९ २०८००८:०३:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij