Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादीले मेची–महाकाली अभियान चलाउने

एकीकृत समाजवादीले मेची–महाकाली अभियान चलाउने

  • मंगलवार, भाद्र १९ २०८०

  • 535
    SHARES

  • एकीकृत समाजवादीले मेची–महाकाली अभियान चलाउने

    काठमाडौं। एकीकृत समाजवादीले मेची–महाकाली अभियान चलाउने भएको छ ।

    १५ दिनसम्म चल्ने अभियानमा सङ्गठनमा देखिएका समस्यालाई हल गदै पार्टी पङ्क्तिलाई क्रियाशील बनाउने उद्देश्य रहेको छ।

    केन्द्रीय कमिटीको निर्णयलाई सचिवालय बैठकले कार्यतालिकासहित अनुमोदन गरेको हो ।अभियान अन्तर्गत सो पार्टीले मुलुकका रूपान्तरणकारी एजेन्डा जनतामाझ लैजाने जनाएको छ ।

    सचिवालय बैठकले आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची महाकाली अभियान चलाउने निर्णयसहितको प्रस्ताव पनि पारित गरेको छ । सम्मानित नेता झलनाथ खनालका अनुसार अभियान मेचीबाट सुरु गरेर महाकालीमा समापन गर्ने तयारी छ ।

    एकीकृत समाजवादीका नेताहरूका अनुसार अभियानमा सचिवालयका अधिकांश नेताका साथै १ सयभन्दा बढी नेता कार्यकर्ता अभियानभर सहभागी हुनेछन् । सचिवालय बैठकले माघ १४–१८ मा हुने महाधिवेशनको केही तालिका समेत तय गरेको छ ।

     


    मंगलवार, भाद्र १९ २०८००१:४७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij