Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भानु नगरपालिकाले कृषिलाई प्रविधिसँग जोडेर युवालाई आकर्षित गर्ने

भानु नगरपालिकाले कृषिलाई प्रविधिसँग जोडेर युवालाई आकर्षित गर्ने

  • बुधवार, भाद्र २० २०८०

  • 532
    SHARES

  • भानु नगरपालिकाले कृषिलाई प्रविधिसँग जोडेर युवालाई आकर्षित गर्ने

    काठमाडौँ । तनहुँको भानु नगरपालिकाले कृषिलाई युवा र प्रविधिसँग जोडेर अगाडि बढाउने प्रयास थालेको छ ।

    कृषिमा लाग्न चाहने युवाहरुलाई सहुलियत कर्जाको व्यवस्था गरिएकाले धेरै युवाहरु विस्तारै कृषि तर्फ लाग्न थालेको मेयर आनन्दराज त्रिपाठीले बताउनु भयो ।

    उहाँले कृषि कर्मको थप विस्तारका लागि जमिनको चक्लाबन्दी गर्ने अभियान सुरु गरिसकिएको पनि जानकारी दिनुभयो ।

    “चक्लाबन्दीबाट कृषियोग्य जमिनलाई व्यवस्थीत गर्दै कृषिलाई प्रविधिसँग जोड्दै सहुलियतको पनि व्यवस्था गर्न सकियो भने कृषिलाई आकर्षक पेशाको रुपमा विकास गर्न सकिन्छ,” मेयर त्रिपाठीले भन्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको पालिका वहसमा उहाँले कृषिलाई सम्मानीत पेशाको रुपमा स्थापित गर्न सबैले सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

    उहाँले कृषि अनुदानको धेरै दुरुपयोग भएको र पहुँचवालाहरुले मात्रै पाउने गरेको टिप्पणी गर्दै उत्पादन लागिसकेकालाई सहुलियतको व्यवस्था गर्नु उपयुक्त हुने अनुभव सुनाउनु भयो।

    उहाँले विद्यालयदेखि नै बालबालिकाहरुलाई कृषिसँगै विभिन्न पेशा व्यवसायको सिप र प्रविधिमुलक शिक्षाको आवश्यकता रहेको बताउनु भयो ।
    भानु नगरपालिकामा राष्ट्रपति रामचन्द्र पौडेलको सपना अनुसार सात धाम बनाउने गृहकार्य पनि धमाधम भइरहेको मेयर त्रिपाठीले जानकारी दिनुभयो ।

    आदीकवि भानुभक्त आचार्यले नेपालका लागि धेरै योगदान गरेपनि हामीले भने त्यो अनुसारको काम धेरै गर्न बाँकी रहेको उहाँको भनाई थियो ।


    बुधवार, भाद्र २० २०८००८:५८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij