Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘सहमहामन्त्रीमाथिको आक्रमणले गृह प्रशासनले आफ्ना संयन्त्रलाई चुस्तदुरुस्त ढंगले शान्तीसुरक्षाका लागि परिचालन गर्न नसकेको बोध भयो’

‘सहमहामन्त्रीमाथिको आक्रमणले गृह प्रशासनले आफ्ना संयन्त्रलाई चुस्तदुरुस्त ढंगले शान्तीसुरक्षाका लागि परिचालन गर्न नसकेको बोध भयो’

  • बिहिवार, भाद्र २१ २०८०

  • 526
    SHARES

  • ‘सहमहामन्त्रीमाथिको आक्रमणले गृह प्रशासनले आफ्ना संयन्त्रलाई चुस्तदुरुस्त ढंगले शान्तीसुरक्षाका लागि परिचालन गर्न नसकेको बोध भयो’

    काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण सरकारले गर्ने कामकारवाहीमा गृह प्रशासनले आफ्ना संयन्त्रहरुलाई चुस्तदुरुस्त ढंगले शान्तीसुरक्षाका लागि परिचालन गर्न नसकेको देखाएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व मन्त्रीसमेत रहनुभएको विश्वकर्माले महेन्द्र पुलिस क्लव अगाडि काठमाडौंको केन्द्रबिन्दु मानिने भृकुटीमण्डपमा दिनदहाडै भएको यो घटना अत्यन्तै निन्दनीय र भत्सर्ना योग्य रहेको बताउनुभयो ।

    अहिलेको राजनीतिक परिवेशमा जसरी उत्ताउलो, उत्तेजनायुक्त र सद्भाव विथोल्ने किसिमका अभिव्यक्ति जताततै जिम्मेवार ठाउँबाट आइरहेका छन् त्यसकै प्रतिविम्वका रुपमा पनि हिजो त्यस्तो घटना देखिएको तर्क गर्नुभयो । सहमहामन्त्री यादवमाथि हिजो दिउँसै खुकुरी प्रहार भएको थियो ।

    रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि खुकुरी आक्रमण भएको हो । यादवमाथि आक्रमण गर्ने नुवाकोटाको विदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्याम सापकोटालाई आक्रमणमा प्रयोग भएको खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने धारिलो हतियारबाट यादवको टाउकाको पछाडिको भागमामा गहिरो चोट लागेको छ । उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

    यो आक्रमणको कारण खुल्न सकेको छैन । यस घटनाका बारेमा अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    यस्तै कांग्रेसले पार्टीका सहमहामन्त्री यादवमाथि भएको साङ्घातिक हमलालाई गम्भीरतापूर्वक लिई घटनाको निन्दा गरेको छ ।

    घटनाको कांग्रेसले घोर निन्दा र भर्त्सना गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले हिजो नै जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।


    बिहिवार, भाद्र २१ २०८००८:५२:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij