Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

लुम्बिनी विकास कोषभित्र आर्थिक पारदर्शिता छैन : ल्हारक्याल लामा

लुम्बिनी विकास कोषभित्र आर्थिक पारदर्शिता छैन : ल्हारक्याल लामा

  • बिहिवार, भाद्र २१ २०८०

  • 1.1K
    SHARES

  • लुम्बिनी विकास कोषभित्र आर्थिक पारदर्शिता छैन : ल्हारक्याल लामा

    काठमाडौं । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले कोषभित्र आर्थिक पारदर्शिता नभएको स्वीकार्नु भएको छ।

    आज लुम्बिनीमा रुपन्देही, कपिलवस्तु र नवलपरासीका पत्रकारसँगको अन्तरक्रियामा उपाध्यक्ष लामाले कोषभित्र आर्थिक पारदर्शिता नभएको विषय स्वदेशमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत सन्देश पुगेको बताउनु भएको हो ।

    उहाँले आफू कमाउनका लागि लुम्बिनी गएको र लुम्बिनीको विकासमा योगदान पु¥याउने आफ्नो उद्देश्य रहेको जिकिर गर्दै कर्मचारीहरुलाई आर्थिक अनुशासन र पारदर्शिता कायम राख्न निर्देशन दिइएको बताउनुभयो।

    कोषका कर्मचारीमा काम नगर्ने प्रवृत्ति हाबी हुँदा लुम्बिनी गुरुयोजना समयमै पूरा हुन नसकेको र त्यहाँको विकास पछाडि परेको लामाले औंल्याउनु भएको छ।

    कोषभित्रका बिहारहरुले विदेशी पाहुना राख्दा होटेल व्यवसायीहरु मर्कामा परेको गुनासो आएको भन्दै विहारहरु अन्य देशमा पनि हुने तर तिनीहरुलाई करको दायरामा ल्याउनुपर्ने बताउनुभयो।

    उहाँले बुद्धत्व झल्किने गरी मायादेवी मन्दिर पुनःनिर्माणका लागि व्यक्तिगत रुपमा सात करोड रुपैयाँ प्रदान गर्ने घोषणा गरिसकेको हुँदा उक्त रकम छिटै उपलब्ध गराउने बताउनुभयो।

    लुम्बिनी आउने पर्यटकको बसाइ लम्ब्याउन देवदह, तिलौराकोट, रामग्राम र कुदानमा बिहार बनाएर बौद्ध गतिविधि बढाउने योजना कार्यान्वयन गर्ने उहाँले बताउनुभयो ।

     


    बिहिवार, भाद्र २१ २०८००१:२९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij