Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या ६ सय ३२ पुग्यो

मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या ६ सय ३२ पुग्यो

  • शनिवार, भाद्र २३ २०८०

  • 1.3K
    SHARES

  • मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या ६ सय ३२ पुग्यो

    काठमाडौं । मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको सुख्खा ६ सय ३२ पुगेको छ ।

    त्यहाँको गृह मन्त्रालयले दिएको जानकारी अनुसार घटनामा ३ सय २९ जना घाइते भएका छन् भने ५१ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

    मध्य मोरक्कोमा शुक्रबार राति ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । स्थानीय समय अनुसार राति २३ः ११ मा भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको केन्द्रविन्दु माराकेशबाट ७१ किलोमिटर (४४ माइल) दक्षिणपश्चिममा उच्च एटलस पर्वतमा रहेको बताएको छ ।

    यसको केन्द्र जमिनको सतहबाट १८.५ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पको धक्का केन्द्रबिन्दुबाट ३५० किलोमिटर टाढा रहेको राजधानी रबातमा पनि महसुस गरिएको थियो । कासाब्लान्का र एसाउइरामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

    सामाजिक सञ्जालमा धेरै अपुष्ट भिडियो शेयर भइरहेका छन् जसमा भूकम्पबाट क्षतिग्रस्त भवन र सडकमा छरिएका भग्नावशेष देखिन्छन् । स्थानीयहरूले भूकम्पबाट ‘बलियो कम्पन’ महसुस गरेको र ‘भवनहरू हल्लिरहेको’ देखेको बताएका छन् ।

    भूकम्पका कारण करिब दश मिनेटसम्म बिजुली र फोन लाइन बन्द भएको थियो ।


    शनिवार, भाद्र २३ २०८००१:४८:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij