Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अमेरिका जाने भ्रमण टोली सानो बनाइयो, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसहित धेरैको नाम हटाइयो

अमेरिका जाने भ्रमण टोली सानो बनाइयो, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसहित धेरैको नाम हटाइयो

  • सोमवार, भाद्र २५ २०८०

  • 482
    SHARES

  • अमेरिका जाने भ्रमण टोली सानो बनाइयो, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसहित धेरैको नाम हटाइयो

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका जाने भ्रमण टोलीको आकार घटाउन निर्देशन दिनुभएको छ ।

    संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रचण्ड २९ भदौमा अमेरिका जाँदै हुनुहुन्छ । भ्रमणको एजेन्डाबारे परामर्श लिन आइताबार बोलाइएको बैठकमा भ्रमण टोलीको आकार ठूलो भएको भन्दै प्रश्न उठेको थियो ।

    लगत्तै प्रधानमन्त्रीले भ्रमण टोली सानो बनाउन मुख्य सचिवलाई निर्देशन दिनुभएको छ । यससँगै प्रधानमन्त्रीका सल्लाहकारुको भ्रमण रोकिएको छ । यसअघि मुख्य राजनीतिक सल्लाहकार, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिवसमेत गरी २४ जना भ्रमण टोलीमा थिए ।

    अहिले परराष्ट्रमन्त्री एनपी साउद अमेरिका गइसक्नुभएको छ । बाँकी टोलीका सदस्यहरु कटाएर सानो बनाउने गृहकार्य छ ।


    सोमवार, भाद्र २५ २०८००२:१५:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij