Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

स्कुलदेखिका सहपाठी नेम्वाङको निधनमा अत्यन्तै दु:खी छुः झलनाथ खनाल

स्कुलदेखिका सहपाठी नेम्वाङको निधनमा अत्यन्तै दु:खी छुः झलनाथ खनाल

  • मंगलवार, भाद्र २६ २०८०

  • 1.3K
    SHARES

  • स्कुलदेखिका सहपाठी नेम्वाङको निधनमा अत्यन्तै दु:खी छुः झलनाथ खनाल

    काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेम्वाङको निधनले आफूलाई अत्यन्तै दु:खी बनाएको बताउनुभएको छ ।

    सातौ कक्षादेखिका सहपाठी नेम्वाङलाई आफूले नै राजनीतितर्फ तानेको पनि नेपका एसका सम्मानित नेता समेत रहेका खनालले बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा खनालले एउटै पार्टीमा रहेर लामो इतिहास संगसंगै पार गरेका सहयात्रीलाई गुमाउनुपर्दाको पिडा व्यक्त गर्न नसकिने भन्दै नेम्वाङप्रति श्रदाञ्जली अर्पण गर्दै परिवाजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

    कुसल नेता, वकिल, सांसद र संविधान सभाको अध्यक्षसमेत रहनुभएका नेम्वाङ मृदुभाषी व्यक्तित्वको रुपमा कसैलाई नबिझाउने, मध्यविन्दुबाट बोल्ने स्वभावको भएको बताउनुभयो । यस्तै नेम्वाङले सांसदको हैसियतले गरेका योगदा, पार्टी नेताका हैसियतले गरेका योगदान, कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलन दुवैलाई विकास गर्ने सन्दर्भमा गरेका योगदानहरु सधै स्मरणीय रहने पनि नेता खनालको भनाइ छ ।

    पछिल्लो समय पार्टी अलग भए पनि अब फेरि नयाँ ढंगले एकतावद्ध गर्ने उपायबारेमा आफूहरुबीच छलफल भइरहेको बताउँदै नेता खनालले विभिन्न विषयमा नियमित जसो बहस भइरहने स्पष्ट पार्नुभयो । इलामबाट संगसंगै लडेको निर्वाचनमा खनाललाई हराउँदै नेम्वाङ विजयी हुनुभएको थियो ।

    एमालेका उपाध्यक्ष नेम्वाङको आफ्नै निवासमा १ बजे राति अचानक हृदयघातका कारण निधन भएको हो । नेम्वाङको शव श्रद्धाञ्जलीका लागि आज र भोलि पार्टी कार्यालयमा राखिने बताइएको छ ।


    मंगलवार, भाद्र २६ २०८००७:४५:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij