Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेम्वाङको निधनले एमालेले मणि र देशले अत्यन्त महत्वपूर्ण नेता गुमायो: केशव बडाल

नेम्वाङको निधनले एमालेले मणि र देशले अत्यन्त महत्वपूर्ण नेता गुमायो: केशव बडाल

  • मंगलवार, भाद्र २६ २०८०

  • 482
    SHARES

  • नेम्वाङको निधनले एमालेले मणि र देशले अत्यन्त महत्वपूर्ण नेता गुमायो: केशव बडाल

    काठमाडौं । एमालेका नेता केशव बडालले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङकोे निधनले एमालेले मणि र देशले अत्यन्त महत्वपूर्ण नेता गुमाएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभका बडालले नेम्वाङ नेपालको सूर्योदय हुने स्थानमा जन्मेर सिंगै देशलाई उज्यालो बनाउन ५० वर्षदेखि अघि बढेको व्यक्तित्व भएको बताउँदै राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता, लोकतन्त्र र सामाजिक न्यायका लागि उहाँले विभिन्न ओहदामा बसेर काम गरेको स्मरण गराउनुभयो ।

    यस्तै नेम्वाङको निधनले अचानक वज्र परेजस्तो भएको बताउँदै आमाबाबु गुमाउँदा भन्दा बढी पीडा भएको महसुस गरेको बताउनुभयो ।

    नेम्वाङको शव आज र भोलि च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ ।

    आफ्नै निवासमा गएराती १ बजे अचानक हृदयघात भएपछि उहाँलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुग्नासाथ उहाँलाई मृत घोषित गरिएको थियो ।

    उपाध्यक्ष नेम्वाङको निधन लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगाएत राजनैतिक दलका नेताहरु शिक्षण अस्पताल पुगेका छन् ।

    नेम्वाङको अन्तिम संस्कार भने अष्ट्रेलियाबाट छोरा आएपछि मात्रै गरिने पारिवारिक स्रोतले जनाएको छ ।
    एमाले पार्टी कर्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर अन्तिम संस्कार गरिनेछ ।

     


    मंगलवार, भाद्र २६ २०८००८:३९:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij