Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सरकारप्रति जनताको विश्वास गुम्दै गएपछि जापानमा पूरै मन्त्रिमण्डल पुनर्गठन

सरकारप्रति जनताको विश्वास गुम्दै गएपछि जापानमा पूरै मन्त्रिमण्डल पुनर्गठन

  • बिहिवार, भाद्र २८ २०८०

  • 1.0K
    SHARES

  • सरकारप्रति जनताको विश्वास गुम्दै गएपछि जापानमा पूरै मन्त्रिमण्डल पुनर्गठन

    काठमाडौं । सरकारप्रति जनताको विश्वास गुम्दै गएपछि जापानका प्रधानमन्त्री फुमियो काशिदाले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्।

    बुधबार उनले जनताबाट सरकार र आफ्नो सत्तारुढ डेमोक्रेटिक पार्टी (एलडिपी) पार्टीप्रति जनताको विश्वास घट्दै गएपछि मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्। गत वर्ष यता उनले दोस्रो पटक मन्त्रिमण्डल पुनःगठन गरेका हुन्। पुनःगठनमा १९ मध्ये १३ जना मन्त्री परिवर्तन भएका छन्।

    जसमध्ये ११ जना पहिलो पटक मन्त्री बनेका हुन्। बुधवार घोषणा गरिएअनुसार अर्थमन्त्री शुनिची सुजुकी, मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनो र उद्योगमन्त्री यासुतोशी निशिमुरा लगायत ६ जना वर्तमान क्याबिनेट सदस्य आफ्नै पदमा रहनेछन्।

    किनभने प्रमुख पदहरुमा उनले स्थिरता कायम गर्न खोजेका छन्। योशिमासा हयाशीको स्थानमा परराष्ट्रमन्त्रीमा पूर्वन्यायमन्त्री योको कामिकावा नियुक्त भएका छन्।

    अब मन्त्रीपरिषद्मा महिलाको संख्या दुईबाट पाँच पुगेको छ। राष्ट्रिय परिचयपत्र प्रणालीलाई लिएर जनताको असन्तुष्टि, मूल्य वृद्धि लगायतका कारण उहाँको आलोचना हुँदै आएको थियो।


    बिहिवार, भाद्र २८ २०८००२:४६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij