Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण नेपालको संविधानविपरीत: डा.भीम रावल

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण नेपालको संविधानविपरीत: डा.भीम रावल

  • शुक्रवार, भाद्र २९ २०८०

  • 678
    SHARES

  • प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण नेपालको संविधानविपरीत: डा.भीम रावल

    काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण नेपालको संविधानविपरीत हुने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व मन्त्रीसमेत रहनुभएका रावलले प्रधानमन्त्री प्रचण्डले चीन भ्रमण गर्ने बाटो न्यूयोर्क रोज्नु कूटनीतिक दृष्टिकोणबाट अत्यन्त गलत रहेको बताउँदै नेपालको असंलग्न परराष्ट्र नीति, संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्त विपरीत रहेकाले भ्रमणको तरिका नै गलत भएको आरोप लगाउनुभयो ।

    प्रधानमन्त्री प्रचण्ड विभिन्न शक्तिकेन्द्रलाई खुसी पार्ने र सत्तामा टिकिरहने अभियानमा रहेको पनि नेता रावलको भनाइ छ । यस्तै संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्ड जानुपर्ने कुनै कारण नभएको पनि रावलको टिप्पणी छ ।

    यतिबेला प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा जानु भनेको औपचारिकता मात्र भएको बताउँदै महासभामा गइसकेपछि नेपालको चुच्चे नक्साबारे अन्तर्राष्ट्रिय समुदायलाई स्पष्ट पार्न सक्नुपर्ने नेता रावलको तर्क रहेको छ ।

    यस्तै संक्रमणकालीन न्याय अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको दबाब र प्रभावबिना तत्काल टुंग्याउनुपर्ने नेता रावलले बताउनुभयो ।


    शुक्रवार, भाद्र २९ २०८००९:४३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij