Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विद्यालय शिक्षा विधेयकप्रति शिक्षा राज्य मन्त्रीकै अनविज्ञता

विद्यालय शिक्षा विधेयकप्रति शिक्षा राज्य मन्त्रीकै अनविज्ञता

  • बिहिवार, आश्विन ४ २०८०

  • 628
    SHARES

  • विद्यालय शिक्षा विधेयकप्रति शिक्षा राज्य मन्त्रीकै अनविज्ञता

    काठमाडौं । शिक्षा मन्त्रालयले तयार पारी संसदमा दर्ता गरिएको विद्यालय शिक्षा विधेयक बारे शिक्षा राज्य मन्त्री प्रमिला कुमारीले नै अनविज्ञता प्रकट गर्नु भएको छ ।

    उहाँले दर्ता हुनु अघि नै विधेयक अध्ययन गर्न खोज्दा मन्त्रालयका कसैले पनि आफूलाई नदिएकाले अहिले दर्ताभएपछि मात्रै अध्ययन गर्न थालेको बताउनु भयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले मन्त्रालयका कुनैपनि काममा आफूलाई संलग्न नगराईने गरेको गुनासो पनि गर्नुभयो ।

    म राज्य मन्त्री हुँ, तर मन्त्रालयका कुनै पनि निर्णय र कामहरुमा मलाई संलग्न गराईदैन, सल्लाह र छलफल पनि गरिदैन, मैले वाहिरबाट थाहा पाउनु पर्ने अवस्था छ, उहाँले भन्नुभयो ।

    आफ्नै पार्टीका शिर्ष नेता अशोक राई मन्त्री भएपनि उहाँले आफूलाई वेवास्ता गरेको गुनासो गर्दै उहाँले पार्टीको नेताका रुपमा राईप्रतिको आफ्नो सम्मान भने रहेको स्पष्ट पार्नुभयो ।


    बिहिवार, आश्विन ४ २०८००९:३४:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij