Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाली जनता चीन–नेपाल रेल परियोजना साकार भएको हेर्न चाहन्छन् : प्रधानमन्त्री

नेपाली जनता चीन–नेपाल रेल परियोजना साकार भएको हेर्न चाहन्छन् : प्रधानमन्त्री

  • मंगलवार, आश्विन ९ २०८०

  • 621
    SHARES

  • नेपाली जनता चीन–नेपाल रेल परियोजना साकार भएको हेर्न चाहन्छन् : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन–नेपाल रेल परियोजना नेपालीहरूको साझा सपना भएको बताउनुभएको छ ।

    चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सलाई अन्तर्वार्ता दिँदै नेपाली जनताले चीन–नेपाल रेल परियोजना छिटोभन्दा छिटो निर्माण भएको देख्न चाहेको बताएका हुन् ।

    उक्त परियोजना नेपालका लागि पारवहन र व्यापारिक विविधताका लागि महत्त्वपूर्ण हुने पनि प्रधानमन्त्री दाहालको भनाइ छ । यस परियोजनाको मुख्य चिन्ता भनेको हामीले यसलाई कहिलेसम्म तयार गर्छौं भन्ने नै हो । तपाईंलाई थाहा हुनुपर्छ कि यस परियोजनाका लागि पर्याप्त स्रोत आवश्यक पर्छ जसलाई नेपाल एक्लैले वहन गर्न सक्दैन ।

    साथै प्रधानमन्त्री दाहालले यस परियोजनाका लागि ऋणको आकार र सर्तहरू नेपालले व्यवस्थापन गर्नसक्ने खालको हुनुपर्ने पनि बताउनुभयो । उहाँले यस परियोजनाका लागि सम्भाव्यता अध्ययन भइरहेको र छिट्टै त्यसको रिपोर्ट आउने पनि बताउनुभयो ।

    प्रधानमन्त्री दाहालकै चीन भ्रमणका क्रममा मंगलबार बेइजिङबाट जारी संयुक्त वक्तव्यमा पनि सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनलाई तीव्रता दिने उल्लेख छ । जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनमा भएको प्रगतिमा पनि दुवै मुलुक सन्तुष्ट रहेका छन् । चीनले नेपाललाई रेल सञ्चालनका लागि चाहिने आवश्यक जनशक्तिलाई तालिम दिन तयार रहेको पनि वक्तव्यमा जनाइएको छ ।

     


    मंगलवार, आश्विन ९ २०८००२:५३:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij