Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था असफल भइसकेकाले जनताले विकल्प खोजे: सीपी गजुरेल

लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था असफल भइसकेकाले जनताले विकल्प खोजे: सीपी गजुरेल

  • बिहिवार, आश्विन ११ २०८०

  • 517
    SHARES

  • लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था असफल भइसकेकाले जनताले विकल्प खोजे:  सीपी गजुरेल

    काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था असफल भइसकेकाले जनताले यसको विकल्प खोजेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले अहिलेको व्यवस्थाले निकास दिँदैन भनेर आफूहरुले भनेको कुरा प्रमाणित भएको बताउँदै उहाँले राष्ट्रिय स्वाधीनता, विकास, न त समृद्धि यी सबै व्यवस्था नै असफल भएको स्पष्ट पार्नुभयो ।

    अहिलेको व्यवस्थाले बरबादीबाहेक केही नदिएको टिप्पणी गर्दै नेता गजुरुलले व्यवस्थाको आमूल परिवर्तनको एजेन्डा अघि बढाउनुपर्ने बाध्यता भएकोमा जोड दिनुभयो ।

    मुलुकले नै विकल्प खोजिरहेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विकल्प नहुने कुरा नभएको पनि उहाँको भनाइ छ । यस्तै उहाँले प्रधानमन्त्री प्रचण्डले समृद्धि ल्याउने कल्पना नगरे पनि हुने दाबी गर्नुभयो ।

    यस्तै प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको प्रसंगमा नेता गजुरेलले बीआरआई कार्यान्वयनको ठोस योजना नआएको भन्दै आलोचना गर्दै भ्रमणमा उल्लेखनीय कुरा केही नभएको स्पष्ट पार्नुभयो ।


    बिहिवार, आश्विन ११ २०८००८:४८:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij