एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर रियल मड्रिडले साँघुरो जित निकालेको छ । आइतबार भएको खेलमा एथ्लेटिक बिल्बाओलाई १(० गोल अन्तरले पराजित गर्दै रियलले साँघुरो जित निकालेको हो ।
बिल्बाओको मैदानमा रियललाई जित दिलाउन कप्तान सर्जियो रामोसले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३ औं मिनेटमा रामोसले पेनाल्टीमा निर्णायक गोल गरे ।
डानी गार्सियाले मार्सेलोलाई पेनाल्टी क्षेत्रमा लडाएपछि रियलले पेनाल्टी पाएको थियो । जसमा रामोसले सहजै गोल गरे । जितसँगै रियलले उपाधि होड बलियो बनाएको छ । यस्तै रियलले दोस्रो स्थानको बार्सिलोनाविरुद्ध ७ अंकको अग्रता बनाएको छ ।