Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पाकिस्तानमा मस्जिद नजिकै आत्मघाती हमला, ५२ जनाको मृत्यु

पाकिस्तानमा मस्जिद नजिकै आत्मघाती हमला, ५२ जनाको मृत्यु

  • शुक्रवार, आश्विन १२ २०८०

  • 917
    SHARES

  • पाकिस्तानमा मस्जिद नजिकै आत्मघाती हमला, ५२ जनाको मृत्यु
    काठमाडौं । पाकिस्तानमा भएको एक भीषण विस्फोटमा ५२ जना मारिएको खबर छ । यो विस्फोट शुक्रबार बलोचिस्तान प्रान्तमा एक मस्जिद नजिकै भएको हो जहाँ मानिसहरू पैगम्बर मुहम्मदको जयन्ती मनाउन जम्मा भएका थिए । 
     
    प्रहरीलाई मस्तुङ सहरमा धार्मिक भीडलाई निशाना बनाउनका लागि यो आत्मघाती हमला गरेको हुनसक्ने आशङ्का छ ।
     
    जिल्ला स्वास्थ्य अधिकारी मस्तुंग रशीद मुहम्मद सईदले मस्तुङ जिल्लामा अल फलाह रोडस्थित मदिना मस्जिद नजिकै भएको विस्फोटमा कम्तीमा ५२ जना मारिएका छन् र दर्जनौँ घाइते भएका छन् ।
     
    मृत्यु हुनेमा डिएसपी नवाज गशगुरी पनि छन् । मस्तुङका सहायक आयुक्त अत्ता अल(मुनैमका अनुसार सहरको मदिना मस्जिद नजिकै इद अल–मिलाद अल–नबी मनाउन मानिसहरू भेला भइरहेका बेला विस्फोट भएको थियो ।
     
    घाइतेलाई दुई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । मस्तुङ शाहका दुई प्रहरी अधिकारीले मृत्यु हुनेको सङ्ख्या बीबीसी समाचारलाई पुष्टि गरेका छन् ।
     
    गृहमन्त्री सरफराज बुग्तीले विस्फोटलाई ‘घृणित कार्य’ भनेका छन् । सामाजिक सञ्जालमा उपलब्ध धेरै भिडियोमा उद्धारकर्मी र स्थानीयवासीले घाइतेलाई बचाउने प्रयास गरिरहेको देखिन्छ । यस आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन ।


    शुक्रवार, आश्विन १२ २०८००४:४५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij