Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अरनिको बसपार्क नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश

अरनिको बसपार्क नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश

  • शुक्रवार, आश्विन १२ २०८०

  • 963
    SHARES

  • अरनिको बसपार्क नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
    काठमाडौं । पूर्व अरनिको यातायात प्रा.लि.ले जडिबुटीमा बनाएको बसपार्क नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
     
    महानगरलाई विपक्षी बनाएर पूर्व अरनिको यातायात  प्रा.लि.ले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश गोकर्ण डाँगीको इजलासले शुक्रबार(आज) अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
     
    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले एउटा महानगरमा २ वटा बसपार्क नचाहिने भन्दै भत्काउने चेतावनी दिनुभएको थियो ।
     
    अब तत्कालका लागि बसपार्क भत्काउन वा त्यहाँ रहेका संरचनामा कुनै क्षति पुर्‍याउन नमिल्ने भएको छ ।
     
    ‘निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिहरूको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनाहरूलाई तोडफोड गर्ने तथा भत्काउने कार्यान्वयन नगर्नू, नगराउनू,’ आदेशमा भनिएको छ ।
     
    साथै निवेदकको मागबमोजिम आदेश जारी हुनु नपर्ने कुनै कारण भए बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि महानगरलाई आदेश दिइएको छ ।
     
    अन्तरिम आदेशका सम्बन्धमा छलफल गर्न असोज  २० गते दुवै पक्षलाई छलफलमा बोलाइएको छ ।

    हेर्नुहोस् आदेशः

    araniko-adesh.jpg


    शुक्रवार, आश्विन १२ २०८००४:५१:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij