Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

व्यक्ति हत्या गर्ने रिगललाई आममाफी दिएको भन्दै ओलीको आपत्ति

व्यक्ति हत्या गर्ने रिगललाई आममाफी दिएको भन्दै ओलीको आपत्ति

  • मंगलवार, आश्विन १६ २०८०

  • 826
    SHARES

  • व्यक्ति हत्या गर्ने रिगललाई आममाफी दिएको भन्दै ओलीको आपत्ति

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको सिफारिसमा संविधान दिवसका अवसरमा भएको कैद मिनाहाप्रति प्रश्न उठाउनुभएको छ ।

    संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्यान मुद्दामा सजाय पाएका नेपालगञ्जका योगराज ढकाल रिगलको कैद माफी गर्नुभएको थियो ।

    मंगलबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै एमाले अध्यक्ष ओलीले उक्त माफीको सम्बन्धमा प्रश्न उठाउनुभएको हो ।

    ‘एउटा दिनदहाडै बजारमा लखेटी लखेटी खुँडाले काटी काटी मारेको मान्छेलाई २० वर्ष कैद गरेको छ । दुई चार वर्ष बसेपछि छोडिन्छ’, ओलीले भन्नुभयो, ‘नेपालगञ्ज आतंकित छ । पीडित परिवार आतंकित छ । यस्ता मान्छे छानी छानी किन पुरस्कृत गरिन्छ ? किन सम्मानित गरिन्छ ।’

     


    मंगलवार, आश्विन १६ २०८००२:१७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij