काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीका नेता कार्यकर्ताले आफूसँगको भेटमा गुनासो पोख्ने गरेको बताउनुभएको छ ।
पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीसँग कुनै नीति नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘माओवादीले नराम्रोबाहेक केही गरेका छैनन् । माओवादीका नेता कार्यकर्तासँग भेट गर्दा मसँग पीडा पोख्छन् । छोरी ज्वाइँ, भाइ भतिजा भान्ज सप्रेका छन् माओवादी नेता कार्यकर्ता पीडित भएर तड्पिएका छन् । तीनले गरेको योगदान सम्झिन पनि फुर्सद छैन । यिनीहरुसँग कुनै नीति छैन ।’
उहाँले कांग्रेस माओवादीको पछाडि लागेको देखेर आफूलाई अचम्म लागेको बताउनुभयो । उहाँले माधव नेपालले कांग्रेस र माओवादीको पछि लाग्छु भन्न सुहाउने बताउनुभयो ।