Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकारी वार्ता टोलीले समय नदिँदा डा. केसीसँगको वार्तामा ढिलाइ

सरकारी वार्ता टोलीले समय नदिँदा डा. केसीसँगको वार्तामा ढिलाइ

  • शुक्रवार, आश्विन २३ २०७७

  • 1.0K
    SHARES

  • सरकारी वार्ता टोलीले समय नदिँदा डा. केसीसँगको वार्तामा ढिलाइ

    काठमाडौं । सरकारी वार्ता टोलीले समय नदिँदा सरकार र सत्याग्रही डा. गोविन्द केसी पक्षबीचको वार्तामा ढिलाइ भएको छ ।

    आज बिहानैबाट वार्ता थाल्ने भने पनि सरकारी टोलीले समय नदिएको केसी पक्षको भनाइ छ । २६ दिनदेखि अनशनरत केसीको स्वास्थ्य झन् जटिल बन्दै गएको छ ।

    बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भन्दै सरकारी वार्ता टोलीले समय मागेको थियो । पछि आन्तरिक गृहकार्यका लागि भनेर वार्ता स्थगित गरिएको थियो ।

    बिहीबार दुई पक्षबीच करिब १० घण्टा केसीका मागबारे छलफल भएको थियो । दुवै वार्ता टोलीले वार्ता सकारात्मक रहेको र निष्कर्षउन्मुख रहेको प्रतिक्रिया दिएका थिए ।

     


    शुक्रवार, आश्विन २३ २०७७०२:५६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij