Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अफगानिस्तान भूकम्प : मृत्यु हुनेको संख्या २००० पुग्यो

अफगानिस्तान भूकम्प : मृत्यु हुनेको संख्या २००० पुग्यो

  • आइतवार, आश्विन २१ २०८०

  • 2.5K
    SHARES

  • अफगानिस्तान भूकम्प : मृत्यु हुनेको संख्या २००० पुग्यो

    काठमाडौं । अफगानिस्तानमा आएको भीषण भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीव्र रूपमा बढिरहेको छ ।

    समाचार एजेन्सी एपीका अनुसार तालिबानका प्रवक्ताले पश्चिमी अफगानिस्तानमा मृत्यु हुनेको सङ्ख्या दुई हजार पुगेको जानकारी दिएका छन् ।

    अधिकारीका अनुसार यो भूकम्पका कारण ९ हजारभन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण ४६५ भन्दा बढी घर ध्वस्त भएका छन् भने १३५ वटामा क्षति पुगेको छ ।

    संयुक्त राष्ट्रका अनुसार भग्नावशेषमा धेरै मानिस दबिएका हुन सक्छन् । स्थानीय प्रशासनले उद्धार कार्य र राहत अभियान जारी रहँदा मृतकको सङ्ख्या थप बढ्न सक्ने आशङ्का गरेका छन् ।

    भूकम्पको तीव्रता ६.३ थियो । भूकम्पले इरानको सीमा नजिकै हेरात सहरका भवनमा क्षति पुगेको छ ।

     


    आइतवार, आश्विन २१ २०८००१:५९:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij