Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सदूरपश्चिम प्रदेश अधिवेशनमा गुटगत गतिविधि नभएको कर्ण थापाको दाबी

सदूरपश्चिम प्रदेश अधिवेशनमा गुटगत गतिविधि नभएको कर्ण थापाको दाबी

  • मंगलवार, आश्विन २३ २०८०

  • 572
    SHARES

  • सदूरपश्चिम प्रदेश अधिवेशनमा गुटगत गतिविधि नभएको कर्ण थापाको दाबी

    काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । निर्वाचन तालिकाअनुसार आज बिहान उम्मेदवारी दर्ता, प्रारम्भिक नामावली प्रकाशन र उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ ।

    यस्तै एमालेका नेता कर्णबहादुर थापाले पार्टीको सदूरपश्चिम प्रदेश अधिवेशनमा गुटगत गतिविधि नभएको दाबी गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व मन्त्री समेत रहनुभएका थापाले सर्वसम्मति नभए निर्वाचन अनिवार्य हुने बताउँदै त्यहाँ पार्टी अध्यक्ष र महासचिवको कुनै उम्मेदवार नभएकादले कुनै पनि पक्षधरता नलिने र प्रतिनिधिले विवेकको प्रयोग गर्ने र गुटगत गतिविधि नहुने विश्वास व्यक्त गर्नुभयो ।

    आफूहरुले सर्वसम्मतिको प्रयास गरिरहेको नेता थापाले स्पष्ट पार्नुभयो । निर्वाचन तालिकाअनुसार आज बिहान उम्मेदवारी दर्ता, प्रारम्भिक नामावली प्रकाशन र उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ ।

    उम्मेदवारी फिर्ता गर्न साढे १२ बजेदेखि २ बजेसम्मको समय तय गरिएको छ । दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । बेलुकी ५ बजेदेखि मतदान शुरु गर्ने तयारी छ ।

    एमालेको सुदूरपश्चिम प्रदेश अध्यक्षका लागि तीन जना कृष्णप्रसाद जैसी, वचनबहादुर सिंह र कमल तिमिल्सिनाको चर्चा छ । एमालेले यसअघि मतदानबाट लुम्बिनी, बाग्मती, कर्णाली, कोशी, र गण्डकी प्रदेशमा नेतृत्वको टुङ्गो लगाएको छ भने उपत्यका विशेष प्रदेश कमिटीको पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।


    मंगलवार, आश्विन २३ २०८००८:३७:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij