Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्ड सरकार पूर्ण रुपमा असफल भइसक्यो : ओली

प्रचण्ड सरकार पूर्ण रुपमा असफल भइसक्यो : ओली

  • बुधवार, आश्विन २४ २०८०

  • 919
    SHARES

  • प्रचण्ड सरकार पूर्ण रुपमा असफल भइसक्यो : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेश प्रदेश अधिवेशनको उद्घाटन गर्न जनकपुरधाम पुग्नुभएको छ ।

    काठमाडौंबाट विमानमा जनकपुरधाम गएका अध्यक्ष ओलीलाई नेता तथा कार्यकर्ताहरू स्वागत गरेका थिए। उहाँको स्वागतका लागि पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, रघुवीर महासेठ, केन्द्रीय सदस्य उमाशंकर अरगरियालगायतका नेता विमानस्थल पुग्नुभएको थियो ।

    अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको गठबन्धन सरकार पूर्णरूपमा असफल भइसकेको बताउनुभएको छ । नयाँ सरकार बनाउन नेपाली कांग्रेससँग छलफलमा हुनुहुन्छ ? भन्ने जिज्ञासामा अध्यक्ष ओलीले राजनीतिमा कुनै पनि दलसँग छलफल र संवाद सामान्य विषय भएको बताउनुभयो।

    अध्यक्ष ओलीले जनकपुरधामस्थित पार्टी कार्यालयको नयाँ भवनको उद्घाटनसमेत गर्नु हुनेछ। त्यसपछि उहाँले जनकपुरको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा आज दिउँसो १ बजे प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।

    अधिवेशनबाट एमाले मधेश प्रदेशले नयाँ नेतृत्व पाउनेछ ।


    बुधवार, आश्विन २४ २०८००१:५८:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij