Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

केदार कार्की पार्टीप्रति उत्तरदायी हुनैपर्छ: मुक्तिनारायण प्रधान

केदार कार्की पार्टीप्रति उत्तरदायी हुनैपर्छ: मुक्तिनारायण प्रधान

  • शनिवार, आश्विन २७ २०८०

  • 728
    SHARES

  • केदार कार्की पार्टीप्रति उत्तरदायी हुनैपर्छ: मुक्तिनारायण प्रधान

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मुक्तिनारायण प्रधानले नेपाली कांग्रेसभित्र अनुशासनको गम्भीर समस्या उत्पन्न भएको बताउनुभएको छ ।

    नेपाली रडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले कोसीको मुख्यमन्त्रीको प्रश्न गणितीय विषय मात्र नभई राजनीतिक विषय पनि भएको स्पष्ट पार्नुभएको छ ।

    केदार कार्की स्वतन्त्र सांसद नभएकाले पार्टीको टिकट लिएर उठेपछि पार्टीप्रति उत्तरदायी हुनैपर्ने बताउँदै उहाँले पार्टी र गठबन्धनको निर्णयलाई चुनौती दिन, पार्टीको अनुशासन मान्दिनँ भन्न नमिल्ने तर्क गर्नुभयो ।

    यस्तै कांग्रेस नेता शेखर कोइरालाको गतिविधिलाई कांग्रेसले गम्भीर रुपमा लिनुपर्ने प्रधानको भनाइ रहेको छ । गठबन्धनकै हितमा काम गरिरहेकाले माओवादी केन्द्र गठबन्धन भत्काउने पक्षमा नभएको पनि प्रधानले दाबी गर्नुभयो ।


    शनिवार, आश्विन २७ २०८००८:५१:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij