Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

शिक्षामन्त्री वार्ता टोलीसहित बालुवाटारमा, डा. केसीपक्ष आन्दोलनमा

शिक्षामन्त्री वार्ता टोलीसहित बालुवाटारमा, डा. केसीपक्ष आन्दोलनमा

  • शनिवार, आश्विन २४ २०७७

  • 791
    SHARES

  • शिक्षामन्त्री वार्ता टोलीसहित बालुवाटारमा, डा. केसीपक्ष आन्दोलनमा

    काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीका मागबारे छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल बालुवाटार पुग्नुभएको छ । डा. केसीका मागबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न शिक्षामन्त्री पोखरेल सरकारी वार्ता टोलीसहित बालुवाटार पुगेको बताइएको छ ।

    गएराति भएको वार्ता बिनानिष्कर्ष टुंगिएपछि वार्तामा छलछाम गरी सरकारले सत्याग्रहीप्रति अमानवीय व्यवहार देखाएको केसी पक्षले आरोप लगाएका छन् । सरकारी वार्ता टोली र डा. केसी पक्षबीच गएराति ९ बजेदेखि करिब डेढ घण्टा वार्ता भएको थियो ।

    केसी पक्षले बिहीबार भएका सहमतिबाट पनि सरकार पछि हटेको आरोप लगाउँदै आन्दोलनमा उत्रिएको छ । सोलिडारिटी फर डा. केसी अलायन्सले अहिले काठमाडौंको माइतीघरसहित मुलुकमा विभिन्न ठाउँमा प्रदर्शन गरिरहेको छ ।

    त्यस्तै, डा. केसीको मागप्रति सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघ पनि थप आन्दोलनको घोषणा गर्ने तयारीमा रहेको छ ।

     


    शनिवार, आश्विन २४ २०७७०२:०९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij