Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

तिहारपछि तेस्रो जनआन्दोलन सुरु हुन्छ: डा. धवल शमशेर जबरा

तिहारपछि तेस्रो जनआन्दोलन सुरु हुन्छ: डा. धवल शमशेर जबरा

‘अहिलेको सरकारसंग कोहि पनि खुशी छैनन्’
  • शुक्रवार, कार्तिक १० २०८०

  • 771
    SHARES

  • तिहारपछि तेस्रो जनआन्दोलन सुरु हुन्छ: डा. धवल शमशेर जबरा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल शमशेर जबराले अहिलेको सरकारसंग कोहि पनि खुशी नभएको दाबी गर्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै जबराले अहिलेको सरकारले केहि पनि गर्न नसक्ने बुझिसकेका जनता अब सरकार कहिले ढल्ला भन्ने पखाईमा रहेको बताउनुभयो । आफूहरु तिहारपछि सरकार ढाल्नेक्रममा अगाडि बढ्ने पनि उहाँले चेतावनी दिनुभयो ।

    आफ्नो पार्टीका सबै कार्यकर्ता, राजभक्त, देशभक्ती र भ्रष्टाचारविरोधी सबै एकजुट भएर सरकार ढाल्ने बताउनुभएको छ । तिहार पछि आफ्नो नेतृत्वमा तेस्रो जनआन्दोलन सुरु हुने पनि जबराको भनाइ छ ।

    देश हरेक प्रकारणले सकिन लागेको बताउँदै सांसद जबराले अब पनि यिनै नेताहरुलाई देश सुम्पिने र लुट्न दिने हो भने देशको अवस्था अत्यन्तै बिग्रने भएकाले अब देशलाई अहिलेको सरकारबाट बचाउनुपर्ने बेला आएको स्पष्ट पार्नुभयो ।

    आफूहरुले गर्ने आन्दोलन सफल हुने र देशमा परिवर्तन आउनुपर्ने आवश्यकता रहेको जोड दिदै सांसद जबराले अहिलेको व्यवस्था र परिस्थितीको पूर्णरुपमा विरोधी भएको दाबी गर्नुभयो ।


    शुक्रवार, कार्तिक १० २०८००७:५२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij