Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जनयुद्धको मूल्यांकन व्यक्तिले नभई इतिहासले गर्छ: महेन्द्रबहादुर शाही

जनयुद्धको मूल्यांकन व्यक्तिले नभई इतिहासले गर्छ: महेन्द्रबहादुर शाही

  • सोमवार, कार्तिक १३ २०८०

  • 542
    SHARES

  • जनयुद्धको मूल्यांकन व्यक्तिले नभई इतिहासले गर्छ: महेन्द्रबहादुर शाही

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अझै पनि शान्तिको पक्षमा नरहेको भन्ने एमालेका अध्यक्ष केपी शर्मा ओलीको आरोप फत्तुर मात्र भएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शाहीले माओवादीलाई शान्ति चाहँदैन, हिंसाको पक्षमा छ भन्ने आधार के छ भन्ने प्रश्न गर्दै संसदमा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका आधारमा टिप्पणी गर्ने कि माओवादी नेतृत्वमाथि पूर्वाग्रह साँध्ने भन्दै आपत्ती जनाउनुभएको छ ।

    यस्तै उहाँले जनयुद्धको मूल्यांकन कुनै व्यक्तिले नभई इतिहासले गर्ने भएको तर्क पनि गर्नुभयो । संसदमा प्रस्तुत विधेयकमा कतै पनि गम्भीर र जघन्य अपराधका पीडकलाई उम्काउने कुरा नलेखिएको जिकीर गर्दै उहाँले नेपालको शान्तिप्रक्रिया टुंगोमा पु¥याउन संयुक्त राष्ट्रसंघको सहजीकरण महत्त्वपूर्ण हुने औल्याउनुभयो ।


    सोमवार, कार्तिक १३ २०८०१०:११:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij