काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले सर्वोच्चको हिजोको फैसला प्रशंसनीय रहेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ अधिवक्तासमेत रहनुभएका बिडारीले अहिलेको सरकारले मात्र नभएर हिजोका सरकारहरूले पनि घुस खाएर वा नखाएर, जानेर वा नजानेर यसै गरी अपराधीहरूलाई छुटाउँदै आइरहेको स्मरण गराउँदै यो कार्य विडम्बनापूर्ण रहे पनि तर सर्वोच्चको हिजो फैसला प्रशंसनीय भएको बताउनुभएको छ ।
सर्वोच्चको फैसलाले सरकारलाई सचेत बनाएको पनि बिडारीको भनाइ छ । सर्वोच्चलेरिगललाई हिजो बाँकी कैद माफी दिने निर्णय उल्ट्याएसँगै उनी नेपालगञ्जबाट पक्राउ परेका छन् ।
उनी हिजो नेपालगञ्जबाट पक्राउ परेका हुन् । रिगलले विसं २०७२ असार २८ गते नेपालगन्जको धम्बोझीचोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए । मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगल गत असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद माफी पाएपछि रिहा भएका थिए । आज बिहिबार कायम मुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको थियो ।