काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले मुलुकमा राष्ट्रिय विपद् परेका बेला पार्टीको महासमिति बैठक सार्नु स्वाभाविक भएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद खड्काले मुलुकमा राष्ट्रिय विपद् आइलागेको अवस्थामा सबै दलहरुले आआफ्ना कार्यक्रम थाती राखेर उद्धार र राहतमा लागिपरेका कारण महासमितिको तयारीमा जुट्न समस्या भएकाले केही समय सारिएको स्पष्ट पार्नुभएको छ ।
नेता खड्काले राहतको जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने र त्यसमा संघीय सरकारको सहजीकरण आवश्यक हुने बताउनुभएको छ ।
यस्तै उहाँले राहत वितरणको विलम्ब तत्काल हटाउनुपर्नेमा समेत जोड दिनुभएको छ । उद्धारकार्यमा सरकारले तदारुकता देखाएको स्मरण गराउँदै उहाँले राहतमा एकद्वार प्रणाली बनाएर बेथिति नहुने, कसैले दोहो¥याइ राहत पाउने र कसैले नपाउने भन्ने हुँदैन नहुने तर्क गर्नुभयो ।
विपद्का बेला सबै दलहरु एकजुट भएर काम गर्नुपर्ने बताउँदै उहाँले अब राहत वितरणमा ढिलाई नहुनेमा आफू विश्वस्त रहेको दाबी गर्नुभयो ।