Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भुकम्पपीडितले राहत समयमा पाइरहेका छैनन्, सरकार लागिपरेको छ: हरिवोल गजुरेल

भुकम्पपीडितले राहत समयमा पाइरहेका छैनन्, सरकार लागिपरेको छ: हरिवोल गजुरेल

  • शुक्रवार, कार्तिक २४ २०८०

  • 508
    SHARES

  • भुकम्पपीडितले राहत समयमा पाइरहेका छैनन्, सरकार लागिपरेको छ: हरिवोल गजुरेल

    काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव हरिवोल गजुरेलले भुकम्प पीडितले राहत समयमा नपाइरहेको स्विकार गर्नु भएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रधानमन्त्रीका प्रमूख राजनीतिक सल्लाहकार समेत रहनुभएका गजुरेलले जाजरकोट र रुकुमपश्चिमका भुकम्प पीडितले राहत पर्याप्त रुपमा र समयमै नपाएको कुरा यथार्थ रहेको स्विकार गर्नुभएको हो । अपेक्षा अनुसार राहत नपाए पनि पाउँदै नपाएको भन्ने कुरा भने गलत भएको नेता गजुरेलको भनाइ छ ।

    प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रत्यक्ष पहलमा तीव्र गीतमा देशविदेशबाट आर्थिक सहयोग आइरहेको दाबी गर्दै उहाँले वितरणमा केहि ढिलाइ भइरहेको भए पनि राहत र उद्धारमा सरकार लागिपरेको र सबैलाई चाँडै पु¥याउने विश्वास दिलाउनुभयो । पीडितले भोगिरहेको पिडा र समस्या सरकारले महसुस गरिरहेकाले सोहि अनुसार आफ्नो सम्पूर्ण शक्ती लगाएर राहतमा लागिपरेको नेता गजुरेलले बताउनुभयो ।

    गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर घरबासविहीन हुनेको सङ्ख्या झण्डै ६२ हजार पुगेको छ ।
    जाजरकोट, रुकुम पश्चिम, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालीकोट, प्युठान र अछाममा गरी ६१ हजार ९ सय २३ वटा घरमा पूर्ण तथा आंशिक क्षति पुगेको सरकारी तथ्याङ्क रहेको छ ।

    यस्तै, जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई तत्काल गुजाराका लागि नगदै दिइने राहतमा मात्रै सवा एक अर्ब रुपैयाँ लाग्ने प्रक्षेपण गरिएको छ ।

    विपतबाट आवास क्षतिग्रस्त भएकाहरूलाई प्रतिघरपरिवार २० हजार रुपैयाँसम्म दिने प्रावधान ‘विपत् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०७७’ मा रहेकाले एक अर्ब २२ करोड रुपैयाँ आसपास खर्च लाग्ने अनुमान गरिएको हो ।


    शुक्रवार, कार्तिक २४ २०८००८:५१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij